Bardaghat Na pa

सुर्य ज्योति युवा क्लब बर्दघाट २ चिसापानीद्धारा निस्शुल्क बिरुवा वितरण

111

टेक बहादुर बुढाथोकी
बर्दघाट,असार–२२
सुर्य ज्योति युवा क्लब बर्दघाट २ चिसापानीले पारिजात सामुदायीक वन उभोक्ता समुह बर्दघाट –४ ,बर्दघाट सं सहकार्य गरेर निस्शुल्क बिरुवा वितरण कार्यक्रम शुरु गरेको छ । आज सुर्य ज्योति युवा क्लबको सभा हलमा एक कार्यक्रमको आयोजना गरी निस्शुल्क बिरुवा वितरण कार्यक्रम शुरु गरेको हो ।

बर्दघाट नगरपालिका वडानम्वर २ की वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यता र क्लवका अध्यक्ष राम भण्डारीको अध्यक्षतामा भएको निस्शुल्क बिरुवा वितरण कार्यक्रमको शुभारम्भ कार्यक्रममा पारिजात सामुदायीक वन उभोक्ता समुहका उपाध्यक्ष आनन्द पुरी,कोषाध्यक्ष पवित्रा रेग्मी,सुर्य ज्योति युवा क्लबका संस्थापक अध्यक्ष डब हबादुर गर्भुजा पुन मगर,निवर्तमान अध्यक्ष यम बहादुर थापा जेके लगाएतको उपस्थिती रहेको थियो ।
क्लवले वितरण गरेका विरुवाहरुमा विभिन्न प्रजातीका विरुवाहरु रहेका थिए ।