Bardaghat Na pa

सञ्चारमाध्यम बिधेयक बिरुद्ध महासंघले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

37

गौरीशंकर जयसवाल

परासी २० असार
लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी बिधेयकमाथि पत्रकारहरु असहमति जनाउदै नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले आज प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्ररेललाई ज्ञापनपत्र बुझाएको छ ।
शाखा अध्यक्ष हरि शर्माले लुम्बिनी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकका अधिकांश प्रावधान पनि प्रेस स्वतन्त्रता बिरोधी भएको रहेको भन्दै उक्त बिधेयक सच्याउनुपर्ने ठहर गदै प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्र मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्ररेललाई ज्ञापनपत्र बुझाइएको हो ।

नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला शाखाहरुले असहमति अनाउदा जनाउदै प्रदेश सरकारले दर्ता गरेको उक्त बिधेयक प्रेस तथा अभिव्यक्ति स्वातन्त्रता र नागरिक अधिकार कुण्ठित गर्ने मनशायले ल्याएको महासंघको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रदेशले ल्याएको सञ्चारमाध्ययम बिधेयकमा नेपालको सबिधान रसंयीय कानुन प्रेस अभिव्यक्ति स्वातन्त्रता बिरुद्ध रहेको र बिधेयकमा सञ्चारगृह दर्ता खारेजी व्यवस्था, लोकतन्त्र पत्रकारलाई जेल हाल्ने प्रावधान समेत लोकतन्त्र बिरोधी रहेको बताईएको छ ।

सरकारले मिडीया व्यव्स्थापन गर्नुभन्दा पनि त्यही बहानमा दण्ड सजाय गरेर पत्रकारितालाई आफु अनुकुलप्रचार यन्त्र बनाउनको मनशायका साथ बिधेयक ल्याएको महासंघको ठहर छ ज्ञापनपत्रमा भनिएको छ ।

हरि शर्माद्धारा हस्तारित ज्ञापनपत्रमा प्रेसलाई संकुचनगदै प्रेस अभिव्यक्ति स्वातन्त्रता एव सबिधानको मर्म भावना बिपरित ल्याउने खोजिएको बिधेयक संसदबाट तत्काल फिर्ता गरी महासंघको सरोकारवालाहरुको सहभागिता र सुझावका आधारमा व्यवासयिक पत्रकारिता र प्रेस स्वातन्त्रता मैत्री हुने गरी पुनलेखन गर्न महासंघले लुम्बिनी प्रदेश सरकारसंग जोडदार माग गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए ।
उक्त मागहरु प्रति बेवस्ता गरे नागरिक अधिकार र स्वातन्त्र प्रेसका लागि कडा आन्दोलनमा उत्रिने ससमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।