Bardaghat Na pa

जहदा सामुदायिक पुस्तकालयले खाद्यान्य समाग्री वितरण गर्यो

121

पप्पु रेग्मी
बर्दघाट, १७ असार
पश्चिम नवलपरासीको जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बर्दघाट १२ भटौलियाले खाद्यान्य समाग्री वितरण गरेको छ ।
कोभिड १९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा नगरपालिकाको विपत ब्यवस्थापन कोषमा नगद सहयोग गर्नुका साथै बर्दघाट १२ र १३ का अति विपन्न परिवारलाई खाद्यान्य समाग्री वितरण गरेको मरली खनालले बताए ।
श्रोत केन्द्रद्धारा सञ्चालित ट्याग परियोजना अन्र्तगत रिड नेपालको सहयोगमा बर्दघाट नगरपालिकाद्धारा सञ्चालित स्थानीय तह आकस्मिक कोषमा १५ हजार सहयोग गरेको छ भने परियोजनाकै सहयोगमा बर्दघाट १२ र १३ का अति विपन्न १० घरपरिवारलाई प्रतिघर परिवारलाई २५ किलो चामल, ५ किलो पिठो, दुई प्याकेट नुन, एक प्याकेट सोयाबिन दुई लिटर तेल, दुई किलो दाल, र एक पिस नुहाउने साबुन गरि प्रति परिवार दुई हजार ५ सय बराबरको खाद्यान्न सामाग्री वितरण गरेको हो ।
कार्यक्रम जहदा सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष सुरज के.सी.को अध्यक्षता तथा वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्लको प्रमुख आतिथ्यता र वडा न्म्बर १३ का वडाध्यक्ष नर बहादुरु चौधरीको विशेष आतिथ्यतामा भएको परियोजनाकी सहजकर्ता लक्ष्मी धिताङले बताईन ।