Jilla Ban Notis

सरावल गाउँपालिकाद्धारा किसानहरुलाई कृषि उपकरण वितरण

0 52

महेश यादव
सरावल,असार १७

नवलपरासीको सरावल गाउँपालिकाले किसानहरुलाई कृषि उपकरण वितरण गरिएको छ । सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको उपस्थितिमा पालिका भित्रका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको हो ।

सरावल गाउँवालिका वडा नम्बर ५ र ६ का कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको थियो । सरावल गाउँपालिका भित्रका सम्पूर्ण किसानहरुलाई सरावल गाउँपालिकाले कृषि आधुनिकरणको विकास गर्नका लागि निःशुल्क रुपमा विभिन्न सेवा सुविधा तथा कृषि सामाग्रीहरु उपलब्ध गराउदै आएको र भोलिको दिनमा पनि किसानहरुको हितका लागि काम गर्ने एवं आत्म निर्भर बनाउन सहयोग गर्ने पालिका अध्यक्ष चौधरीले बताउनुभएको छ ।

किसानहरुलाई कृषि क्षेत्रमा जागरुक र आत्मनिर्भर बनाउनका लागि कृषि गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरिएको बताउदै कृषि क्षेत्रलाई आधुनिकरण र ब्यावसायिकरण तर्फ उन्मुख गर्न र बढि भन्दा बढि उत्पादनमूलक कृषि पकेट क्षेत्र बिकास गर्नकालागि कृषि उपकरण वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभएको थियो ।

सरावल गाउँपालिका वडा नम्बर ६ मा मनकामना बिज विद्धि कृषक समुहका किसानहरुलाई पम्पसेट १७ वटा ,मोटर ५ वटा स्प्रे टङ्कि ९ वटा ,डिलेबरि ३७० किलो ,रोटाबेटर १ वटा , पावर टिलर १ थान, सेक्सन पाईप १०० फिट ,डिजिटल काटा १ पिस ,हजारि २० वटा ,औषधिहरु ,हाब्रो जाईम ९० पिस ,जिङ्ग सलफेट ३०० किलो, ग्रिन लेवल ८५ वटा ,जुनुन ५० एमएल ५० थान ,ग्रिन मिक्स १०० थान ,किटनासक साईफर ५०५ को १५० थान
,भुसिनासक ७६ पैकेट ,बर्से तरकारीको बीउ भिन्डि ,लउका ,बोडि ,कुर्सानि ,भन्टा ,घिरौला ,टमाटर ,२५ पोका लगाएको उपकरण तथा औषधिहरु वितरण गरिएको हो ।

यस्तै कृषि बहुमुखी सहकारी कृषक समूह सरावल ५ का कृषकहरुलाई पम्पसेट १४ वटा ,मोटर ६ वटा ,डिलेबरि ५७५ किलो ,पावर टिलर १ थान ,सेक्सन पाईप ३६० फिट ,फुटबल १२ थान लगाएतको कृषि उपकरण वितरण गरिएको छ ।

त्यसैगरी त्रिशक्ति कृषक समूह सरावल(५ का किसानहरुलाई पम्पसेट १५०० आरपिएमको १० थान २६०० आरपिएमको १० थान डिलेबरि पाइप ३०० किलो,कृषि मोटर ७ वटा ,फुटबाल ६ थान, रोटाबेटर २ वटा ,सेक्सन पाईब २०० किलो ,स्प्रे टङ्कि ५ ,कम्पोष्ट मल १० टालि ,डिएपि ३० कुन्टल , युरिया ३५ कुन्टल ,जिङ्ग २० किलो , जैविक मल १०० किलो ,किटनासक साईबर ५०५,१०० ,२५ थान ,ढुसिनासक ४० पैकेट ,झारपातनासक जुनुन ५० एमएल ३५ थान ,होडिङ्ग बोर्ड १ थान लगाएतको औषधि तथा उपकरण वितरण गरिएको थियोे ।

सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष कैलाश यादव, कृषि बहुमुखी सहकारी कृषक समूह सरावल ५ का अध्यक्ष कृष्ण जीवन तिवारी त्रिशक्ति कृषक समूह सरावल (५ का अध्यक्ष जोखु गौड लगाएतको उपस्थितिमा युक्त कृषक समुहलाई कृषि उपकरण तथा औषधि र तरकारीको बिउहरु वितरण गरिएको सरावल गाउँपालिका कृषि शाखा प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.