Bardaghat Na pa

नवलपरासी प्रहरीद्धारा ९१ लाख २५ हजार बराबरको हरियो मटर बरामद

53

गौरीशंकर जयसवाल
परासी १४ साउन
नवलपरासी प्रहरीले सिमावर्तीक्षेत्रबाट ९१ लाख २५ हजार बराबरको हरियो मटर बरामद गरेको छ । नेपाल प्रहरीले नवलपरासी जिल्लाको बिभिन्न सिमावर्ती क्षेत्रहुदै भारततर्फ लैजादै गरेको अवस्थामा ७ वटा पिक गाडी र ३ वटा ट्रकमा हरियो मटर सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी राजु लामाले जानकारी दिएएका छन्।

उनको अनुसार शिवशंकर ईन्टरप्राईजेज फर्म सिद्धार्थनगर ६ भैरहवाबाट तस्कारले जिल्लाको सिमावर्ती क्षेत्र प्रतापुपर ५मा रहेको श्रीराम ईन्टरप्राईजेज फर्ममा २ पीकअप लैजादै गरेको र शुभ गणपति मन्झरियाबाट तस्कारले पाल्हीन्नदनको पडरीमा रहेको अखिलेश एण्ड गृजेश फर्म लैजादै गरेको १ पिकअप,एसएस ईम्पेक्स बिरगन्जबाट रकिरोशन जनरल स्टोर्स लगेर प्रतापपरमा रहेको गोदामबाट ट्रकमा लोड गदै गरेको अवस्थामा बरामद गरिएको जानकारी गराएका छन् ।

प्रहरीले दुई वटा पिकअप अम्बे ईन्टरप्राजेजले जिल्लाको सिमावार्ती बसहियामा लैजादै गरेको र सोनु एण्ड मोनु जनरल स्टोसले २वटा पिकअर्प जिल्लाको सिमावाती प्रतापपुर ५ लैजादै गरेको अवस्थाबाट बरामद गरिएको प्रहरी नायब उपरीक्षक लामाले बताएका छन्।

११ हजार केजी र ४२ हजार केजी हरियो मटर बरामद गरेको प्रहरीले जनाएको छ । उक्त सबै हरियो मटर आवश्यक अनुसान्धानको लागि महेशपुर भन्सार कार्यालयमा चालन गरीएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिएका छन् ।

नेपालमा भन्दा भारतमा महङ्गोमा बिक्री हुने भएकाले जिल्लाबाट केराउ तस्करी हुँदै आएको छ । नेपाली बजारमा १ सय २५ देखि १ सय ३० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने केराउ भारत पुर्‍याएपछि प्रतिकेजी ३० देखि ४० रुपैयाँ नाफा हुने गरेको व्यवसायीहरुले बताएका छन् ।