Bardaghat Nagarpalika
Bidhuta Bitaran kendra Notice

सरावलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Susta Gaupalika
0 636

महेश यादव

सरावल,साउन –१

पश्चिम नवलपरासीको सरावल गाउँपालिका को वडा नम्बर (४ ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । रजा कबरिस्थानका अध्यक्ष मोहम्मद सलिम राईनको अध्यक्षता र सरावल गाउँपालिका वडा नम्बर (४ का वडा अध्यक्ष छोटेलाल यादवको प्रमुख अतिथता तथा समाजसेवी सुरेश यादवको विशिष्ट अतिथतामा  फलफूलको विरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको हो ।

सरावल गाउँपालिका , एविसि नेपाल र संवाद केन्दहरुको समन्वयमा फलफूलका विरुवा रोप्ने काम भएको थियो । आंप,कगती,लिच्ची लगाएतका विरुवाहरु रोपिएको थियो ।

सो अवसरमा बोल्ने बक्ताहरुले विरुवाहरु रोपेर मात्र नहुने भन्दै त्यसको उचित संरक्षण गर्न आग्रह गरेका थिए । उनीहरुले रोपिएका विरुवाहरु संरक्षण गर्न सकिदैन ने थोरै विरुवा रोपेर संरक्षणमा जुट्न अनुरोध समेत गरेक थिए ।

Pratappur Gaupalika
टिप्पणिहरु
Loading...