Sarawal sit lahar Notis

साउन महिनाको पहिलो दिन लुतो फाल्ने प्रचलन

0 30

साउन १
साउन महिनाको पहिलो दिन लुतो फाल्ने प्रचलन छ । भलायो, आरुको बियाँ, धसिङ्गरे, कुरिलो, उखुको पातलगायतका सामग्री नाङ्ग्लामा राखेर सालको काठको अगुल्टो बालेर धुवाँ बनाउँदै हुइँक्याउने गरिन्छ । बर्खायाममा हिलो, झरी हुने र यो समयमा फोहोरमैला बढी हुने भएकाले छाला चिलाउने समस्या बढी देखिन्छ । त्यसैले साउन १ गते अर्थात् साउने सङ्क्रान्तिमा परम्परागत पद्धतिबाट लुतो फाल्ने प्रचलन चलेको हो ।

आयुर्वेद डा. अञ्जु कार्कीका अनुसार मानिसबाट जनावर र जनावरबाट मानिसमा सर्ने अति चिलाउने र शरीरभरि फैलने चर्मरोग अगुल्टो हुइँक्याएर मात्र नहुने धारणा व्यक्त गर्नुहुन्छ । झरी र हिलो हुने यो बेला चर्मरोग लाग्ने भएकाले उपचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । “यस्ता खालका रोगको उपचार आयुर्वेदबाट प्रभावकारी रूपमा हुनसक्छ, यसबाट मुक्ति पाउन उपचार नै गर्नुपर्छ”, डा. कार्कीले भन्नुभयो ।

वीर अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा विष्णु बस्नेतका अनुसार लुतोबाहेक जटिल अन्य चर्मरोग पनि हुने गरेकाले परम्परा धान्न अगुल्टो हुत्याए पनि नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा उपचार गराउनु बुद्धिमानी हुनेछ । @ गोरखापत्रअनलाई

Leave A Reply

Your email address will not be published.