Jilla Ban Notis

लोकतानत्रीक गणतन्त्र धरापमा परेको छ ः चित्र बहादुर के.सी.

0 51

कृष्ण ढकाल
बर्दघाट,असार–२७

लोकतान्त्रीक गणतन्त्र धरापमा परेको पूर्व उप–प्रद्यानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले बताउनु भएको छ । आज नवलपरासीको सुनवलमा भएको शालिकराम सुवेदीको शोक सभालाई सम्वोधन गर्दै अध्यक्ष के.सी.ले उक्त कुरा बताउनु भएको हो ।

हिजो नेपालमा निरन्कुस र दल विहिन ब्यवस्था चलाएर नेपाली जनतामाथि रजाई गरेकाहरुले गणतन्त्र र धर्म निरपेक्षता खतम गर्न खोजेको के.सी.ले आरोप लगाउनु भएको थियो ।

अहिले सम्म भएको विकास मात्रात्मक भएको भन्दै गुणत्मक विकास हुन जरुरी रहेकोमा जोड दिनु भएको थियो । अध्यक्ष के.सी.ले नेपाली जनताले चुनावको माग नगरी कोरोना विरुद्धको खोपको माग गरेको बताउनु भयो ।

उहांले २०७२ को संविद्यान पहिलेको भन्दा लोकतान्त्रीक रहेको भएपनि अहिले आफ्नो पार्टी भित्रको लडाईका कारण नेपाली जनताले दिएको सार्भौसत्ता सम्पन्न् संसद विघटन गरेर लोकतान्त्रीक गणतन्त्र धरापमा परेको के.सी.को आरोप रहेको छ ।

राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्लाका सल्लाहकार तिलक सुवेदीका बुबा तथा अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष संझना सुवेदीका ससुरा बुवा शालिक राम सुवेदीको १२ औं दिनको पुण्यतिथिमा आयोजना गरीएको शोक सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला देखि नगर सम्मका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

हिन्दु धर्मको मान्यता राख्ने तर बाबुको मृत्यु पश्चात हिन्दु धर्ममा गरीने धार्मिक क्रियाकलापहरु विज्ञान सम्वत नरहेको भन्दै क्रिया समेत नबसेका शालिकराम सुवेदीका जेष्ठ पुत्र तिलक सुवेदीले आफुले बाबुको क्रिया नबस्दा आफुलाई हेर्ने दृष्टिकोण भाईवन्धुहरुवाट समेत तिरस्कारपूर्ण रहेको धारणा राख्नु भएको थियो ।
उहांले आफुले कुसंस्कारका विरुद्ध समाज परिवर्तन गर्नु पर्ने भन्दै आफुले क्रिया नबसेको बताउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.