Sarawal sit lahar Notis

जिमिरेभारमा रक्तदान कार्यक्रम सम्पन्न् ,२२ जनाले रक्तदान गरे ।

0 42

कृष्ण ढकाल
बर्दघाट,असार–२५
हाम्रो बर्दघट नगरपालिका (वडा न १–१६) र जिमिरेभार ब्यापार संघको संयुक्त आयोजनामा आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न् भएको छ । बर्दघाट–७ जिमिरेभारमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको जिमिरेभार ब्यापार संघका अध्यक्ष चिरन्जीबी सुवेदीले जानकारी गराउनु भएको छ ।

रगतको अभावमा कोहि कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको आयोजक हाम्रो बर्दघट नगरपालिका (वडा न १–१६) का एड्मिन रोशन न्यौपानेले बताउनु भएको छ ।
नेपाल रेडक्रश सोसाईटी नवलपरासी,परासीको प्राविधिक सहयोगमा आयोजित उक्त रक्तदान कार्यक्रममा बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघट वडा नं. ७ का वडाध्यक्ष धु्रब थारु,जिमिरेभार बजार विकास समितिका अध्यक्ष नर बहादुर थापा, बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा गौतम,पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाई,जिमिरेभार ब्यापार संघका अध्यक्ष चिरन्जीबि सुवेदी लगाएत जिमिरेभारमा रहेका विभिन्न बैंक तथा वित्तिय संघ–संसथाका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.