Jilla Ban Notis

नवलपरासीको प्रतापपुरले गर्‍यो कुल ७० करोड बजेट प्रस्तुत

0 75

श्याम थापा

सुस्ता ११असार

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७८र०७९ का लागि कुल ६९ करोड ५७ लाख ८० हजार ८ सय ३ रुपैया बराबरको बजेट ल्याएको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीको अध्यक्षतामा भएको गाउँपालिकाको नौ गाउँ सभामा आर्थिक बर्ष ०७८र०७९ को लागि कुल बजेट ६९ करोड ५७ लाख ८ण् हजार ८ सय ३ रुपैया बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरिएको छ ।

गाउँपालिकाले प्रशासनिक खर्च तर्फ ३९ करोड ३१ लाख ५६ हजार र चालु तथा पुजीगत खर्च तर्फ ३० करोड २६ लाख २४ हजार ८ सय ३ रुपैया बराबरको अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरीले सभामा बजेट प्रस्तुत गर्नु भएको हो ।

उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष चौधरीले प्रस्तुत गरेको उक्त बजेट नेपाल सरकारबाट अनुदान १४ करोड ५८ लाख,प्रदेश सरकारवाट बित्तीय समानिकरण अनुदान ६९ लाख २३ हजार,संघीय सरकार राजस्व बाडफाडबाट ८ करोड ७४ लाख ९६ हजार,प्रदेश सरकार राजस्व बाडफाडबाट ८८ लाख ६८ हजार,गाउँपालिकाको संचित कोष मौज्दात १४ करोड,संघीय सरकारबाट सशर्त अनुदान २५ करोड ७१ लाख र प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड ४५ लाख ९४ हजार बिनियोजन गरेको छ ।

जस अन्तर्गत आर्थिक बिकास तर्फ,शिक्षा विकास, स्वास्थ्य तर्फ छुट्टाएको छ । त्यस्तै कृषि विकासका तथा पशु सेवा कार्यक्रम,पर्यटन सहकारी तथा उद्योग बाणिज्य तर्फ रकम छुट्टाएका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले जानकारी दिनु भयो ।

त्यसैगरि पुर्वाधार बिकास तर्फ बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा र संस्थागत बिकास तथा शुशासन रकम बिनियिजन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.