Jilla Ban Notis

पाल्हिनन्दन गाउँपालिकालाई धुँवामुक्त बनाउछौं ः बैजु प्रसाद गुप्ता

अति विपन्न, गरीब तथा दलित समुदायका घरपरिवारहरुलाई ग्यास चुल्हो वितरण गर्ने तयारी

0 195

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२६
नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाले आफ्ना जनताहरु मध्ये अति विपन्न, गरीब तथा दलित समुदायका घरपरिवारहरुलाई  ग्यास चुल्हो वितरण गर्ने भएको छ । चालु आ.व.२०७७०७८को वियोजित वजेटवाट गाउँपालिकाका अति विपन्न, गरीब तथा दलित ९ सय घरपरिवारलाई ग्यास चुल्हो वितरण गर्ने तयारी अनुसार डाटालिने कार्य भैरहेको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता [दीपक] ले जानकारी दिनु भएकोछ ।
अझै पनि कगिपय टोलहरुमा परम्परागत रुपमा प्रयोगगर्दै आईएको गुईठा र दाउराको प्रयोग गरी खाना पकाउ गर्दा महिलाहरुको स्वास्थ्यमा तथा आँखाको समस्या हुने भएकाले त्यसको समाधानका लागि पाल्हिनन्दन गाउँपालिकाले ग्यास चुल्हो वितरण गर्ने योजना अघिसारेको अध्यक्ष गुप्ताले जानकारी गराउनु भएको छ ।

ग्यास चुल्हो वितरण गरेसंगै गाउँपालिका नै धुँवामुक्त हुने देखि गुईठा र दाउराको प्रयोग गर्ने कार्य रोकिने र महिलाहरुले खाना बनाउदा धुवांवाट छुट्कारा पाउने र स्वास्थ्यमा सुधार आउने अपेक्षा रहेकोअध्यक्ष गुप्ताले बताउनुभयो ।

पाल्हिनन्दन गाउँपालिकाका प्रत्येक वडामा १ सय ५० घरपरिवारको दरले ग्यास, चुल्हो, रेगुलेटर, पाईप वितरण गर्न तयारी गर्दै अहिले प्रत्येक वडा कार्यालय मार्फत निवेदन सङ्कलन भईरहेको पाल्हिनन्दन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनु भएको छ।

Leave A Reply

Your email address will not be published.