Jilla Ban Notis

बर्दघाटको कृषि उपज तथा जडीबुटी संकलन केन्द्र निमार्णकार्य तिव्र

0 49

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२६
बर्दघाट नगरपालिकाले कृषि उपज तथा जडीबुटी संकलन केन्द्र निमार्ण कार्यलाई तिव्रता दिएको छ । यहि जेष्ठ २० गतेवाट बर्दघाट–२,चिसापानीमा निमार्ण शुरु गरीएको कृषि उपज तथा जडीबुटी संकलन केन्द्रको निमार्णको कार्य अहिले झण्डै ७० प्रतिशत सम्पन्न् भैसकेको केन्द्र निमार्ण उपभोक्ता समितिका अध्यक्ष होम बहादुर गुरुङ्गले गाँउले दर्पण अनलाईनलाई जानकारी गराउनु भएको छ । अध्यक्ष गुरुङ्गले अबको एक हप्तामा सम्झौता अनुसारको सम्पूर्ण कार्य सम्पन्न् हुने बताउनु भएको छ ।

बर्दघाट नगरक्षेत्रका किसानहरुले उत्पादन गरेका तरकारी तथा जडीबुटी जन्यवस्तुहरुको बजीकरणका लागि बर्दघाट नगरपालिकाले चिसापानीको बुधवारे हाटबजार लाग्ने स्थानमा कृषि उपज तथा जडीबुटी संकलन केन्द्र निमार्ण गरेको छ ।

कृषि उपज तथा जडीबुटी संकलन केन्द्र

नगरका कुनै पनि किसानहरुले उत्पादन गरेका तरकारी तथा जडीबुटी जन्यवस्तुहरुको विक्रि वितरणका लागि बजारको कुनैपनि अभाव महशुस नहोस भन्ने हेतुले उक्त संकलन केन्द्रको निमार्ण गरीएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ ।यातायातको सहज पहुच र सबैको लागि पायक पर्ने स्थानमा केन्द्र निमार्ण गरीएकाले कृषि उपज तथा जडीबुटी संकलन केन्द्र प्रभावकारी हुने बस्यालको धारणा रहेको छ। नगरका सबै वडाका ब्यवसायिक किसानहरुलाई समेटेर कृषि सहकारी दर्ता गरी सोही संस्था मार्फत कृषि उपज तथा जडीबुटी संकलन केन्द्र संचालन गरेमा प्रभावकारी हुने देखिएकाले त्यस तर्फ पनि पहल गर्ने योजनामा नगरपालिका रहेको नगर प्रमुख बस्यालले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाको आ.ब.२०७७/०७८को विनियोजित ५९ लाख रकमले स्थानिय उपभोक्ता समिति मार्फत कृषि उपज तथा जडीबुटी संकलन केन्द्रको निमार्ण गरीएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले बताउनु भएको छ । उहांले केन्द्र निमार्ण पश्चात नगरको बजार प्रवर्धनका लागि सहयोग पुग्ने र कृषिकहरुलाई कृषी उत्पादनमा लाग्न थप प्रेणादिने बताउनु भएको छ ।

 

Leave A Reply

Your email address will not be published.