Jilla Ban Notis

लुम्बिनी प्रदेश सरकारलेआ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनीक गर्दै

0 23

कृष्ण ढकाल
बर्दघाट,जेठ–२५
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज दिाउंसो ४ बजे प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । लुम्बिनी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि सिफारिस गरेको बताईएको छ ।

लुम्बिनी प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण तथा यो अवधिको अर्थतन्त्र उकास्ने खालका योजना र पुराना तथा अधुरा योजनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरीएको सरकारका प्रवक्ता एवं आार्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.