Sarawal notish

सरावलमा नमुना महिला भवन बन्दै

250

महेश यादव
सरावल,१० बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अतिक्रमण भएको जग्गामा गाउँपालिका स्तरीय महिला भवन बन्दै छ । सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा रहेको अतिक्रमण गरिएको जग्गालाई स्थानीय सरकारले खालि गराएर उक्त जग्गामा पालिका स्तरीय महिला भवन निर्माण कार्य सुरु गराएको छ।

स्थानीय सरकारले पालिका भित्र भएको अतिक्रमीत जग्गाहरुलाई खालि गराएर जनताको हकहितको लागि विभिन्न भौतिक निर्माण कार्य गराईरहको छ ।

सरावल गाउँपालिका उप प्रमुख उत्तमा राय र अन्तरपार्टि महिला सञ्जालको नेतृत्वमा खालि गराएको अतिक्रमित जग्गामा विभिन्न सुबिधा सम्पन्न भौतिक निर्माण कार्य भईरहको छ । करिब ६ कठ्ठा अतिक्रमित जग्गालाई खालि गराएर तत्कालै पालिका स्तरीय महिला भवन निमार्ण भईरहेको छ । उक्त खालि गराईएको अतिक्रमित जग्गामा संसदीय कोटाबाट २० लाख र सरावल गाउँपालिका बाट १० लाख गरि ३० लाख बराबरको रकम बाट निर्मित महिला भवन निर्माण गर्नुका साथै बालमैत्रि ,महिला मैत्रि सौचालय निर्माण गरी नमुना करेसाबारी सञ्चालन गर्ने लक्ष्य राखेको उपप्रमुखले बताउनु भयो ।

करिब ६ कठ्ठा जग्गा पनि धनी र ठुला ब्यक्तिहरुले नै मिचेर बसेको उक्त अतिक्रमित जग्गा लाई खालि गराएर महिला भवन निर्माण गरिएको उपप्रमुखले बताउनु भएको हो ।