Bardaghat Na pa

निर्वाचन बहिष्कार गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीको आब्हान

513

कृष्ण ढकाल
बर्दघाट– पुष –७
आगामी निर्वाचन बहिष्कार गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आब्हान गरेको छ ।
आज अर्थात पौष ७ गते देश ब्यापी रुपमा पत्रकार सम्मेलनगरी आवाहन गर्ने सर्कुलर अनुसार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले पनि बर्दघाट प्रेस क्लबको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त कुराको जानकारी गराएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन भएको भन्दै आगामी निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने जनाएको छ । जेनजी बिद्रोह पछि बनेको सुशिला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिदै पार्टीले स्वाधीन संयुक्त सरकार गठनको माग अघि सारेको बर्दघाटमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले बताउनु भएको छ । उहााले दलाल, भष्ट्र संसदीय ब्यवस्थालाई जोगाउन साम्राज्यवाद र विस्तारको इशारामा कठपुतली सरकार बनाएर निर्वाचनको नाटक मञ्चन गरिएको आरोप लागाउन भयो ।

साम्राज्यवाद तथा विस्तारवाद विरोधी सम्पूर्ण राजनीतिक दल, संगठन, समूह एवं व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन, उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार र संघीय जनगणतन्त्रमा आधारित नयाँ संविधानको निर्माण नै आजको तत्कालीन राजनीतिक निकास रहेको थापाको भनाई रहेको थियो ।

कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रविलाल पाण्डेयले संसदीय ब्यवस्थ, त्यसको रक्षक दल र मतियार दलहरुको रबैयाको कारण देश र जनताले सास्ती भोग्नु परेको भन्दै जेनजी बिद्रोहबाट देशले निकास पाउन नसकेको जिल्ला सेक्रेटरी पाण्डेयद्वारा हस्ताक्षरित प्रेस बक्तब्य मार्फत जानकारी गराउनु भएको थियो।

पहिलो चरण अन्तरगत पुष ७ गते पत्रकार सम्मेलन गरेर संर्घषका कार्यक्रम सार्वजनिक गर्ने, पुष ८ गतेदेखि जिल्लाव्यापी भित्तेलेखन, पुष ११ गते माओ दिवसका दिन काठमाण्डौं केन्द्रित जनसभामा सहभागी भएर सभालाई भव्यरुपमा सफल पार्ने, पुष १६ गतेदेखि सातै वटा स्थानीय तहमा पर्चा वितरण, पुष २० गते स्थानीयस्तरमा अन्तरक्र्रिया गर्ने, पुष २५–२६ गते जिल्लाव्यापी कोणसभाहरु गर्नेलगायतका कार्यक्रम समाबेश छ । दोस्रो चरण अन्तरगत माघ २ गतेबाट पर्चा सहित जनभेटघाट तथा घरदैलो कार्यक्रम गर्ने , उमेदवारी दर्ताको दिन माघ ६ गते बहिष्कार ¥याली गर्ने , माघ ७ गतेदेखि १२ गतेसम्म नगर वा गाउँपालिकामा कोण सभाहरु आयोजना गर्ने, माघ १५ गते मशाल जुलुस निकाल्ने र माघ २३ संसदीय निर्वाचन बहिष्कारको आब्हान सहित मोटरसाइकल ¥याली गर्ने कार्यक्रम बक्तब्यमार्फत सार्वजनिक गरिएको छ ।