कृष्ण ढकाल
बर्दघाट,पौष–५
निस्वार्थ र स्वस्फुर्त रुपमा श्रमगरेर निमार्ण गर्न शुरु गरीएको बर्दघाट नगरको पहिचानयोग्य महत्वाकांक्षी जनयोजना “बर्दघाट चुरे उद्यान”मा स्थानिय सरकारले समेत चाासो दिन शुरु गरेको छ । बर्दघाटका केहि सामाजिक श्रमअभियानताहरुले शुरु गरेको श्रम अभियानमा सहयोग गर्दै नगरको विकास र पहिचानमा अभियान्ताहरुसँग हातेमालोगर्दै अघिबढ्ने बर्दघाट नगर सरकार प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत त्रिवेणी चोकबाट उत्तरतर्फको बनक्षेत्र हुँदै करिब ४ किलोमिटर दूरीमा रहेको कैलाशधाम सम्म पुग्ने गोरेटो मार्ग निर्माणका लागि आज बर्दघाट नगर प्रहरी सहित सशस्त्र प्रहरी महाविद्यालय (तालिम केन्द्र) का करिब १ सय५० भन्दा बढी प्रहरी जवानहरु श्रमदान मा खटेका थिए ।
सबैको रोजाइमा पर्न थालेको बर्दघाट चुरे उद्यानमा भैरहेको श्रमदान कार्य र झाडी सरसफाइ तथा ट्याक (गोरेटो बाटो ) निर्माणको काममा बर्दघाट नगर सरकारले दुई पटक सम्म नगर प्रहरी र बिभिन्न संघ संस्था तथा तालिममा रहेका शसस्त्र प्रहरी जवानहरुलाई आवाहनगर्दै “ बर्दघाट चुरे उद्यान”को गोरेटो बाटो निमार्ण गर्ने कार्यमा क्रियाशिलता देखाएको छ ।
शाहसिक गतिबिधि,जैविक बिबिधता र चुरे संरक्षणको उपमाबाट श्रमको थालनि गर्दै जाँदा “बर्दघाट हिलपार्क”का नामले केहि समय चर्चा पाएपनि २०८२ साल साउन ६ गते मंगलबार तदनुसार २२ जुलाई २०२५ मा सबै श्रम अभियानताहरुको छलफलले “बर्दघाट चुरे उद्यान” नामकरण गर्ने सहमति गरेसँगै बर्दघाटको पहिचान, समग्र चुरेको महत्व र पर्यापर्यटनलाई समेत जोडेर एक बृहत र साझा फुलबारी बनाउने उद्देस्य सहित मुख्य अभियान्ता रामप्रसाद पौडेलको प्रस्तावमा “बर्दघाट चुरे उद्यान नामकरण गरिएको थियो।
२०८२ साल साउन ६ गते मंगलबार तदनुसार २२ जुलाई २०२५ बाट शुरु भएको महत्वाकांक्षी जनयोजना बर्दघाट चुरे उद्यानले अहिले महिला ,बालबालिका,युवा,जेष्ठनागरीक तथा समाज सेवी र सामाजिक संघ संस्थाहरु सबैको ध्यान केन्द्रित गर्न सफल भएको छ ।
नवलपरासी जिल्लाकै एउटा गौरव गर्नलायक जनयोजनाका रुपले परिचित “बर्दघाट चुरे उद्यान” पछिल्लो समय बर्दघाट नगरका विद्यालयहरुले बिद्यार्थीहरुलाई अध्ययन अवलोकन केन्द्रका रुपमा लिइन थालिएका छन ।
संस्कार,संस्कृति,प्रकृति ,श्रम र समाजका वारेमा तहगत रुपमा किताबी ज्ञान लिएसँगै अभ्यासगत रुपमा हेर्ने,अनुभव गर्ने,सिक्ने र सिकाउने उपयुक्त स्थलका रुपमा “बर्दघाट चुरे उद्यान” रहेको भन्दै बिद्यार्थीहरुलाई प्रोजेक्ट वर्क गर्न “बर्दघाट चुरे उद्यान” मा लान शुरु गरेका छन ।
वन–वातावरण,जिव–जन्तुको वासस्थान,प्रकृति,पर्या–पर्यटन,बोट–विरुवा,तराई र पहाड,जल,जमिन,जंगल,हावा,पानी,प्रकृति,खोला,ताल,चौपारी,पुल तथा सांधु,एलोपेथीक तथा आयुर्वेदिक औषधी ,धार्मीक मार्ग,श्रम संस्कृति र त्यसको महत्व,ज्याला मज्दुरी ,मनोरञ्जन ,सामाजिक उत्तरदायित्व र त्यसको प्रभाव जस्ता थुप्रै विषयमा बिद्यार्थीहरुलाई जानकारी दिनेगरी अभ्यासगत रुपमा सिकाउन “बर्दघाट चुरे उद्यान” उपयुक्त सामाजिक पाठशालाका रुपमा विकास हुदै गएको छ ।
नवलपरासी देखि रुपन्देही सम्मका सुन्दर दृश्यहरु सहजै हेर्न सकिने उत्कृस्ट भ्यु पोइन्ट रहेको“बर्दघाट चुरे उद्यान”मा पुगेपछि बिद्यार्थीहरु निक्कै खुशी हुदै आ–आफ्नै शैलीमा रमाउने र केहि बेर श्रमदान गर्ने गरेका छन ।
बर्दघाट नगरको पहिचान थप्न र श्रम संस्कृतिका बारेमा जनस्तरमा सम्मानको भावना जागृत गराउने उद्धेश्य रहेको जनयोजना “बर्दघाट चुरे उद्यान ”मा अहिले सम्म शुन्य लगानीमा कामहरु भैरहेका छन ।
