Bardaghat Na pa

दुर्गामन्दिर विकास समिति ,बर्दघाट–२,चिसापानीको अध्यक्षमा सदानन्द पाण्डे

392

कृष्ण ढकाल
बर्दघाट,पुस–५
दुर्गामन्दिर विकास समिति ,बर्दघाट–२,चिसापानीको प्रर्थम वार्षीक साधारण सभा तथा अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनले सदानन्द पाण्डेको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति सर्बसम्व रुपमा चयन गरेको छ ।
दुर्गामन्दिर विकास समिति ,बर्दघाट–२,चिसापानीको अध्यक्षमा सदानन्द पाण्डे,उपाध्यक्षमा मायादेवि पौडेल,सचिवमा कृष्णप्रसाद लामिछाने , कोषाध्यक्षमा रामप्रसाद सापकोटा र सह–सचिवमा बिमलप्रसाद पन्थी चयन हुनु भएको छ ।
त्यसैगरी समितिको सदस्यहरुमा प्रकाश भुर्तेल,विष्णु भुजेल,दिपक भण्डारी,कल्पना श्रेष्ठ (प्रद्यान) जानकी पौडेल,शान्तिदेवि अधिकारी,शालिकराम ढकाल र धु्रब विक्रम सापकोटा चयन हुनु भएको निर्वाचन समितिका संयोजक तथा बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालले जानकारी गराउनु भएको छ ।


१५ सदस्यीय कार्यसमिति रहेको दुर्गामन्दिर विकास समिति ,बर्दघाट–२,चिसापानीको बाँकी २ सदस्य कार्यसमितिले मनोनित गर्ने बिधानत ब्यवस्था रहेकाले समितिको पहिलो बैठकबाट २ जना कार्यसमिति सदस्य र सल्लाहकार समिति मनोनित गरीने नवनिर्वाचीत अध्यक्ष पाण्डेले बताउनु भएको छ ।

चिसापानी चोकमा रहेको दुर्गामन्दिरमा अहिले दैनिक जेष्ठनागरीकहरुको भजन कृतन र साँझ विहान पुजा आरधना हुनेगरेको छ । त्यहाा दुर्गा,शिव,नाग,सरस्वती लगाएतका मठ–मन्दिरहरु एकै स्थानमा रहेका छन ।