Bardaghat Na pa

बर्दघाट बजारमा फोहरको दुर्गन्धले महामारी फैलन सक्ने संभावना बढ्दो

483

कृष्ण ढकाल
बर्दघाट– पुष –८
बुटवल–नारायणगढ राजमार्गको बर्दघाट बजार क्षेत्रमा रहेको राजमार्ग दायाँ बायााको नालीहरु फोहरले दुर्गन्धीत हुँदा रोगको महामारी फैलन सक्ने संभावना बढेर गएको छ । राजमार्ग निर्माणका क्रममा नाली सफा नगर्दा ठाँउ–ठाउँमा घर तथा पसलहरुबाट निस्केको फोहर पानी जम्मा भएर दुर्गन्ध फैलिएको छ ।

स्थानिय घरधनी र ब्यवसायीहरुले आफ्नो अगाडीको ठाँउलाई सफा नगर्दा उक्त फोहर समेत नालीमा जम्मा भएको छ भने मासुजन्य पसलहरुले फोहर पदार्थ नालीमा फाल्ने र केहि घरधनीहरुले सेफ्टीटंकीको फोहरलाई समेत राजमार्गको नालीमा मिसाई दिएका कारण अहिले बर्दघाट बजार क्षेत्र दुर्गन्धमय भएको छ । बिषेशगरी पश्चिम साईटको तुलनामा उत्तर साईटमा नाली भन्दा बाहिर खालीठाउा बढी रहेको र सरसफाईको कार्य शुन्य भएको पाइएको छ ।

केहि दिन यता राजमार्ग दायाँ र वायाँका नालीको लेदो फोहर पानीको गन्धले बजारक्षेत्रमा नै दुर्गन्ध फैलिन थालेपछि आज बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अगुवाईमा,बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष वेदवीना तिवारी र वडा सदस्य जनक रावल,बर्दघाट बजार विकास समितिका अध्यक्ष गोविन्द पाध्याय,बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल ,बर्दघाट नगर प्रहरी लगाएतको संयुक्त टोलीले अनुगमन गरी स्थानिय घरधनी तथा ब्यसायीहरुलाई घर आगन सफा राख्न र नालीमा फोहर नगर्न अनुरोध गरेको थियो ।

अहिले पहिलो चरणमा फोहर नगर्न जानकारी गराएको र फेरी पुनः अटेरी गरेरमा वडाले कार्वाहीको प्रक्रिया शुरु गर्ने वडाध्यक्ष वेदविना तिवारीले बताउनु भएको छ । त्यसैगरी मासुजन्य ब्यवसायीहरुले उत्पादन गरेको पसलको फोहर ब्यवस्थापनको समस्यालाई हल गर्न छिट्टै नै बजार विकास समितिले ब्इवसायीसँग बसेर छलफलबाट निकास निकाल्ने अध्यक्ष पाध्यायको भनाइ छ ।