sunwal

६५ जना बिद्यार्थी नेताहरु ओली समुह निकटको अनेरास्ववियुमा प्रवेश

17

कृष्ण ढकाल
बर्दघाट,चैत्र–३०
नेकपा एमाले माधब नेपाल समुहमा रहेका नवलपरासी जिल्लाका ६५ जना बिद्यार्थी नेताहरु आज नेकपा एमाले ओली समुह निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गरेका छन् ।

नवलपरासी जिल्लामा रहेर बिद्यार्थीहरुका सवालमा कार्यगर्दा आफुनिकटको पार्टी नेतृत्वले आफुहरुलाई कुनै वास्ता नगरेका कारण आफ्नो नेतृत्वमा रहेको ६५ जनाको टोलीलाई लिएर आफु नेकपा एमाले ओली समुह निकटको रमेश नेपालीले नेतृत्व गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा प्रवेश गरेको बिद्यार्थी नेता सञ्जय मौर्यले बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटि नवलपरासीका अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको उपस्थितीमा अनेरास्ववियु नवलपरासी संयोजक रमेश नेपाली र बिद्यार्थी नेता सञ्जय मौर्य विच आज दुई बुधे सहमति पत्रमा हस्ताक्षर गरी मौर्य समुह ओली समुहमा प्रवेश गरेको हो । सो समयमा सचिवालय सदस्य धिरज शर्मा,राष्ट्रिय युवा संघ नेपालका स्थायी कमीटी सदस्य रमेश पौडेल,राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रे,जिल्ला कमीमि सदस्य राम प्रसाद अर्याल,पृतम पौडेल ,अनेरास्ववियुका केन्द्रीय सदस्य शुसान्त घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।