Jilla Ban Notis

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा विजयी

0 33

कृष्ण ढकाल
बर्दघाट,चैत्र–११
नवलपरासीको बर्दघाटमा संचालीत प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको दोस्रो दिनको अर्थात बुधवारको खेलका लेखनाथ यूनाईटेड कास्की पोखरा विजयी भएको छ । लेखनाथ यूनाईटेड कास्की पोखराले नवलपुरको अभिषेक चर्चलाई शुन्यका विरुद्ध तीन गोल गरी विजयीहुन सफल भएको हो ।
बर्दघाट नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको समन्वयमा भएको महिला फुटबल प्रतियोगितामा ८ टिमले भाग लिएका छन् ।
नवलपरासी ,कास्की,रुपन्देही लगाएतका जिल्लाका महिला खेलाडीहरुले भाग लिएको प्रतियोगितामा विजयी हुने टिमले १ लाख ५ हजार ५ सय नगद,मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप–विजेता टिमले ६५ हजार नगर,मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ ।
भोलीको खेल सरावल गाउँपालिका र बर्चुली मा.बि. फारम बिच हुने छ खेल संयोजब भरत गुरुङ्गले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.