Jilla Ban Notis

रामग्राम नगर स्तरीय पाँचौ आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु

0 26

गौरीशंकर जयसवाल

परासी, १ चैत्र
रामग्राम नगर स्तरीय पाँचौ आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि परासीमा सुरु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको संयोजन तथा अर्दश माबिको अयोजनामा रामग्राम नगर स्तरीय पाँचौ आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता अर्दश माविको प्राडणमा आजदेखि सुरु भएको हो ।

चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज एक समारोहका बीच रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले उद्घाटन गरेका छन । प्रतियोगिताको उद्र्घाटन गदै नगरप्रमुख गुप्ताले बिद्यालय क्षेत्र सुधार गर्नको लागि रामग्राम नगरपालिकाले शिक्षा ऐन नियमावाली बनाएको बताउर्दै बिद्यालयलाई व्यवस्थित बनाउनको लागि शिक्षाको बातावरण बनाउन नगरपालिका अगाडी बढेको बताए । उनले यस किसिमका खेल प्रतियोगिताले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । नगरपालिकाले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको पनि नगर प्रमुख गुप्ताले बताए ।

उनले भने खेल हामीहरु राम्रो संग खेलीयो भने मानसिक र शाररिक रुपमा स्वास्थ्य बनाउनुको साथै बिद्यार्थीको शिक्षामा महत्वपूर्ण योगदान पुयाउछ र खेल पनि जिवनको महत्वपूर्ण अग भएको बताए । रामग्राम नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सात विद्याका खेलहरुमा छात्र÷छात्राबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने अर्दशमावि परासीका प्रधानाध्यापक अरबिन्द पाठकले जानकारी दिए । जस्मा जेलेबी दौड ,कुर्सी दौड,बोरा दौड ,चम्चा दौड, तिन खुट्टा दौड, हाई जम्प, सटफुट (राउण्ड) रिले लगायतको खेलहरु खेलाईने आयोजकले जानएको छ ।

अर्दश माबिका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष छोटेलाल अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रम्भा कुवँर, रामग्राम नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रप्रसाद रेग्मी वडान ५ का वडाध्यक्ष बिनोद कुँवर,अर्दश माविका पूर्व प्रधानध्यपक शिवप्रसाद यादव,नेपाल शिक्षक महासंघका यार मोहम्द खान लगाएतले आ–अफानो धारण राखेका थिए ।

Leave A Reply

Your email address will not be published.