Jilla Ban Notis

सात वटै प्रदेशहरुमा अन्तराष्ट्रिय स्तरका अस्पतालहरु निमार्ण गर्छु ः मन्त्री हृदेश

0 21

कृष्ण ढकाल
बर्दघाट,फागुन–२६
नेपालका सात वटै प्रदेशहरुमा एक÷एकवटा अन्तराष्ट्रिय स्तरका सुविद्या सम्पन्न अस्पतालहरु निमार्ण गर्ने योजनामा आफु अघिबढेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बताउनु भएको छ ।
गृह जिल्ला नवलपरासीमा आज स्वास्थ्य विमा सदस्यता दर्ता शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्दै मन्त्री त्रिपाठीले उक्त कुरा बताउनु भएको हो । मन्त्री त्रिपाठीले आफ्नो मन्त्रालयमा रहेको ४८ अर्व बजेटमा आफुले जती बचत गर्न सकिन्छ त्यसवाट नेपालका सबै प्रदेशमा एक÷एकवटा अन्तराष्ट्रिय स्तरका सुविद्या सम्पन्न अस्पतालहरु निमार्ण गर्ने योजनाका साथ आफुअघि बढेको बताउनु भएको थियो ।
त्यसैगरी मन्त्री त्रिपाठीले अब हेपाटाईटिस सि को खोप पनि सहज रुपमा नेपालीहरुले प्रयोग गर्न सक्नेगरी खरीद गर्ने तयारीमा रहेको बताउनु भएको थियो । उहांले अहिले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम कुनै मेयर,उप मेयर र सांसदहरुका लागि ल्याएको नभै जनताको लागि केन्द्रविन्दु बनाएर ल्याईएको भएकाले यसलाई सफलतामा पुर्यारै छाड्ने बताउनु भयो ।
नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुंच पु–याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्ला मध्ये नवलपरासी जिल्लामा ६९ औं जिल्लाका रुपमा सुरु भएको छ।
मन्त्री त्रिपाठीले जिल्लाका पालिका प्रमुख तथा समन्वय समितिका प्रमुखलाई स्वास्थ्य विमा सदस्यता प्रदानगरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
सोहि अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले सोही कार्यक्रम अन्र्तगत जेष्ठ नागरीकहरुलाई जनही एक लाख बरावरको निःशुल्क स्वास्थ्य विमा सदस्यता प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी,प्रदेश सभा सदस्य भगवती भण्डारी , जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू ,जिल्ला समन्वय समितिका अध्यक्ष्ँ,प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक लगाएतको उपस्तिथी रहेको थियो ।
२०७२ सालमा कैलालीबाट सुरु गरिएको उक्त कार्यक्रम अन्य जिल्लाहरूमा लागू भए पनि यसअघि नवलपरासी जिल्लाका बासिन्दाहरू भने बञ्चित बनेका थिए ।

Leave A Reply

Your email address will not be published.