Jilla Ban Notis

हरेक वर्षको फागुन महिनामा लाग्ने मदारबाबा मेला यस बर्ष नलाग्ने ।

0 128

कृष्ण ढकाल
बर्दघाट,फागुन–१९
हरेक वर्षको फागुन महिनामा लाग्ने मदारबाबा मेला यस बर्ष नलाग्ने भएको छ । नवलपरासी जिल्लाको सुस्ता गाउंपालिका वडा नं.२ महलबारी बजारबाट करिव ९ किलोमिटर उत्तरको जंगलमा पर्ने मदारबाबा समाधि स्थलमा हरेक वर्षको फागुन महिनामा मेला लाग्ने गर्दथ्यो ।

मेलामा नेपाल तथा भारतका विभिन्न स्थानहरुवाट लाखौंको संख्यामा भक्तजनहरु आउने धार्मिक परम्परा रहेको छ । तर यसवर्ष भने कोभीड–१९ को कारण देखाउदै सुस्ता गाउंपालिकाले उक्त मेला संचालन नर्गन भन्दै सुचना नै प्रकाशन गरी मेला संचालनमा रोक लगाएको छ ।

सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेका अनुसार सुस्ता गाउंपालिकाले ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलका रुपमा रहेको मदारबाबा मेला संचालन गर्दा बढी मात्रामा भारतीय भक्तजनहरु आउने भएकाले कोभीड–१९ लाई मध्ये नजर गरी मेला संचालनमा रोक लगाएको बताउनु भएको छ । मेला संचालनमा रोक लगाउनु पूर्व दुवै प्रदेशका सम्वन्धित जिल्लाका सुरक्षा प्रमुखहरुसंगको बैठक बसेर बैठकको निर्णय अनुसार मेला संचालनमा रोक लगाएको अध्यक्ष पाण्डेले बताउनु भएको छ ।

त्यसैगरी मदारबाबा समाधि स्थलका वारेमा दुई प्रदेशका स्थानिय धर्मावलम्वीहरु विच केहि विवाद समेत रहेको र समाधि स्थलमा संकलन हुने रकमको विषयलाई लिएर हुन सक्ने संभावित झैझगडालाई समेत मध्ये नजरगरी यस वर्ष मेला संचालनमा रोक लगाईएको बताईएको छ ।

त्यसैगरी मेला संचालन हुने समय अवधिभर सुस्ता वडा नम्वर ५ मा पर्ने नारायणी नदीमा मोटरेवल डुगां संचालन गरी भारतीय भक्तजनहरु ओसार परास गर्नमा समेत रोक लगाईएको प्रकासित सुचनामा उल्ल्ेख गरीएको छ ।

नेपालको एक मात्र स्थान जहां मुस्लिम र हिन्दु समुदायको साझा आस्थाको केन्द्रका रुपमा मदारबाबा समाधि स्थल रहेको छ । जहां हरेक वर्ष लाखौंको संख्यामा नेपाल भारतका भक्तजनहरु आउने गर्दछन् ।

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको वडा नंम्वर–२ मा पर्ने मदारबाबा समाधि स्थल , महलवारी बजार हुदै करिब नौ किलोमिटर पहाडीडाँडाको जोखिमपूर्ण पैदलयात्रापछि मुख्य मदारस्थल पुग्न सकिन्छ ।

मदारबाबाको मुख्यस्थल पुगेर दर्शन तथा पूजाअर्चना गरेमा आफुले चिताएको मनोकामना पुरा हुने ,सन्तान नहुने दम्पतीलाई सन्तान प्राप्त हुने जनविश्वास रहदै आएको मदारबाबा समाधि स्थलका मठाधिस अमिरुल्लाह अन्सारीको भनाई रहेको छ ।

साविक कुडिया गाविसको वडा नं–६ मा पर्ने मदारबाबाको समाधिस्थल अहिले सुस्ता गाउँपालिकाको वडा नंम्वर–२ को पहाडीक्ष्ँेत्र अर्थात लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका वडा नंम्वर–६ को पहाडी सिमानामा रहेकाले गण्डकी प्रदेशका केहि ब्यक्तिहरुले मदारबाबाको समाधिस्थलको स्वामित्व आफुहरुले पाउनु पर्ने माग समेत गरेका छन् ।

हरेक वर्षको फागुन महिनामा लाग्ने मदारबाबा मेलामा संकलन हुने रकमको आर्थिक पार्दशीता नभएको भन्दै केहि वर्ष पहिले स्थानियहरुले अर्काे समिति बनाएर रकम संकलन गर्न थालेपछि प्रमुख जिल्ला अधिकारीले दुवैसमितिको हिसाव किताव माग्दै दुबै समितिलाई एक बनाउनुका साथै बैंक खाता रोक्का गर्नु भएको थियो ।
पार्दशी हिसाव किताब नभैरहेको अवस्थामा नेपाल संघिय संरचनामा गएपछि फेरी मदरबाबा समाधी स्थलका वारेमा विखण्डन गरी दुई प्रदेशमा दुईवटा समिति दर्ता भएका छन् । तर दुबै समितिले मदारबाबा समाधि स्थल आ–आफ्नो भन्दै दावा गरीरहेका छन् ।

Leave A Reply

Your email address will not be published.