Holi care school

सरावलमा आयोजीत खुल्ला पुरूष क्रीकेट प्रतियोगिताको उपाधि राधा कुमारी क्रीकेट क्लबलाई

35

सरावाल, फागुन १७
सम्मे माई युवा क्लब सरावाल(४ हात्तीवनद्वारा आयोजित खुल्ला पुरूष क्रीकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सम्मे माई युवा क्लबका अध्यक्ष सन्तराम केवट अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका सचिव रमेश पौडेलको प्रमुख अतित्थ्यता रहेको थियो ।

खुल्ला पुरूष क्रीकेट प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै सचिव पौडेलले अब कुनै पनि विधाका खेलाडीहरुले आफ्नो जीवन यापन गर्नका लागि खेलक्षेत्रवाट पनि सहज रुपमा चल्न सकिने वातावरण राज्यले ल्याउदै गरेको बताउनु भएको थियो । खेलको माध्यामवाट देशलाई चिनाउने खेलाडीहरुका लागि अब राज्यले पनि केहि गर्नु पर्ने नेता पौडेलको भनाई रहेको थियो । उहांले खेल र खेलाडी संगै उचीत खेल मैदानका लागि पनि स्थानिय ,प्रदेस र संघिय सरकारले विषेश ध्यान दिन जरुरी रहेकोमा जोड दिनु भएको थियो । त्यसैगरी छोटो समयमा नै अन्तराष्ट्रिय स्तरमा क्रीकेट खेलमा नेपालले उलेख्य उपलब्धि हासिल गरेको स्मरण गराउदै क्रीकेट खेलमा राज्यले पिशेष ध्यान दिनु पर्ने उहांको भनाई रहेको थियो ।

सरावाल(४ हात्तीवनमा भएको उक्त प्रतियोगितामा राधा कुमारी क्रीकेट क्लब प्रथम भएको थियो भने ढोलबाजा क्रीकेट क्लब ठुटीबारी, दोस्रो भएको थियो । त्यसैगरी प्रतियोगितामा म्यान अफ द सिरिज ठुटीबारीका धरमविर यादव भएका छन । जसमा प्रथम पुरस्कार २० हजार, मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार १० हजार, मेडल र प्रमाण पत्र रहेको थियो ।

कार्यक्रममा नेकपाका प्रभावशाली युवा नेता सुखाडी प्रसाद चौधरी विशेष अतिथीका रुपमा रहनु भएको थियो भने नेकपा युवा नेता दिनेश यादव , पिन लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा संघ जिल्ला सदस्यबिक्रम पौडेल ०, राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य गोपी चन्द हरिजन लगायतको उपस्थिती रहेको थियो ।