Sarawal sit lahar Notis

प्रथम कञ्चनगढी नकाउट फुटवल प्रतियोगिताको उपाधि आयोजक संस्थाले हातपार्यो

0 58

कृष्ण ढकाल
बर्दघाट,माघ– २४
बर्दघाट नगरपालिका वडा नम्बर ५ को कञ्चनगढी टोल विकास संस्थाले आयोजना गरेको प्रथम कञ्चनगढी नकाउट फुटवल प्रतियोगिताको उपाधि आयोजक संस्थाले हातपार्न सफल भएको छ । आज अर्थात शनिवार भएको आयोजक टिम कञ्चनगढी युवा क्लव र बिपि स्मृति क्लव माकर विच भएको फाईन खेलमा आयोजक टिमले सफलता हातपार्दे नगर ५० हजार नगद शिल मेडल र प्रमाण पत्र हात पार्न सफल भएको छ ।


आजको खेलमा आयोजक टिमका जर्सी नम्वर ४ का दिपक थापाले खेलको अन्तीम समयको ७० औं मिनेटमा एक गोलगरी प्रथम पुरस्कार हातपार्न सफल भएका थिए ।  त्यसैगरी उप विजयीका रुपमा रहेको बिपि स्मृति क्लव माकरले ३० हजार नगद शिल प्रमाण पत्र र मेडलमा नै चित्त बुझाउनु परेको थियो ।
त्यसैगरी प्रतियोगितामा लाल बहादुर ठाडामगर म्यानअफदि म्याच हुनु भएको छ । माघ १३ गते देखी सुरु भएको प्रतियोगिता आज अर्थात माघ २४ गते सम्म सन्चाल भएको थियो ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले नगरपालिकाले नगरका खेलाडीहरुको लागि खेल मैदान निमार्ण गर्ने देखि खेलका सबै गतिविधिहरुमा सहयोग गर्दे आएको बताउनु भएको थियो ।

कञ्चनगढी टोल विकास संस्थाको आयोजना र कञ्चनगढी युवा क्लवको ब्यवस्थापनमा भएको प्रथम कञ्चनगढी नकाउट फुटवल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम कञ्चनगढी टोल विकास संस्थाका अध्यक्ष चन्द बहादुर थापाको अध्यक्षता र उत्तम ध्वज के.सि.को संचालनमा सम्पन्न् भएको थियो ।


कार्यक्रममा बर्दघाट नगरपालिका वढा नं. ५ का वडाध्यक्ष रेश्मीराज भट्टराई,अखिल नेपाल फुट्वल संघका प्रदेश कमीटीका उपाध्यक्ष भिमकाजी गुरुङ्ग,नेपाल रेडक्रस सोसाईटी बर्दघाट शाखा सभापति नारायण अधिकारी, २ नं. वन तथा पर्यावरण गण दाउन्ने विस्क्याम्पका प्रमुख नारायण अर्याल लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.