Jilla Ban Notis

बर्दघाट र परासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ

0 20

माधब प्रसाद घिमिरे
बर्दघाट,माघ–२३
चोरीका ५ ओटा मोटरसाईकल सहित ५ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका र रामग्राम नगरपालिकाको विभिन्न स्थानबाट उनिहरुलाई विहिवार पक्राउ गरिएको थियो ।
विहिवार पक्राउ गरीएका पांचैजना चोरहरुलाई प्रहरीले आज सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डि.एस.पि.राजु लामाले जानकारी दिनु भएको छ।

यसरी चोरी भएक ५ वटा मोटर साईकलहरु मध्ये रामग्राम नगरपालिका वडा नम्बर १४ मा चेकजाँच गर्ने क्रममा २ जना चालक सहित २ ओटा मोटर साईकल र बर्दघाटको वडा नम्वर ७,१२ र १४ नम्बर वडाबाट चालक सहित तिन ओटा चोरीका मोटर साईकल प्रहरीले बरामद गरेको डि.एस.पि.लामाले जानकारी दिनु भएको छ।

प्रहरीले नियन्त्रणमा लिईएका ५ ओटा मोटरसाईकल मध्ये अन टेष्ट बुलेट मोटर साईकल सहित स्पेलेन्डर, बुलेट र एफ जेड ब्रान्डका मोटर साईकल रहेका छन् ।

Leave A Reply

Your email address will not be published.