Jilla Ban Notis

संसदीय ब्यवस्थाले अब धान्न सक्दैन – नेता संकुल

0 20

रवि पाण्डेय/संजय तिवारी
नवलपरासी ८ माघ
नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एंव लुम्बिनी प्रदेश सचिव संकुलले संसदीय ब्यवस्था असफल भएको बताउदै अबको विकल्प जनवादी सत्ता मात्र रहेको बताएका छन् । बर्दघाटमा विहीवार आयोजित नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको बैचारिक प्रशिक्षणमा बोल्दै उनले जनवादी क्रान्ति नै अबको विकल्प भएको बताए । संसदीय ब्यवस्थाले अब धान्न सक्दैन – नेता कार्यकर्ता माझ उनले भने– शासन सत्ता परिर्वतन होइन अब राज्य सत्ता परिर्वतन मात्र एक विकल्प छ । अब संघीय जनगणतन्त्र मात्र विकल्प हो । संसद बिघटन पछि संसदवादीहरुबीच रोइलो चलेको उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिबीच धुब्रीकरण र एकता आवश्यक रहेको औल्याए ।
यो संसदीय ब्यवस्थाकै असफलता हो –उनले भने – अब जनवादी क्रान्तिको कार्यदिशामा अगाडि बढनुपर्छ ।
केपी ओली सामाजिक फाँसीवादतर्फ गएको चर्चा गर्दै नेता संकुलले राज्य सत्ताको परिर्वतन अबको कार्यसुची हुनुपर्ने बताए । देशमा तीनवटा विकल्प छन् – उनले भने – एक मध्याबधि निर्वाचन र संसद पुर्नस्थापना , दुई पुर्नरोत्थानवादी शक्तिको उदय र तेस्रो संघीय जनगणतन्त्र । तेस्रो विकल्प मात्र सही विकल्प भएको उनले बताए । उनले जनवादी क्रान्ति गरेर बैज्ञानिक समाजवादमा जानुपर्छ भन्ने शक्तिहरुबीच एकता हुनुपर्ने बताए ।
हामीले चार पार्टी बीच रणनैतिक मोर्चा पनि बनाएका छौ – उनले भने – विचारमा एकरुपता हुदाँ एकता हुन्छ ।
फरक प्रसंगमा उनले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु गलत रहेको उल्लेख गर्दै विप्लवले रहस्यमय कार्यदिशा त्याग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज जिवराजले संगठनात्मक गतिबिधिमा लाग्न नेता कार्यकर्तासंग आग्रह गरे ।
कार्यक्रम जिल्ला सेक्रेटरी चोलाको अध्यक्षतामा भएको थियो ।
त्यस्तै क्रान्तिकारी माओवादीको जिल्ला बैठकले आगामी कार्ययोजना सहितका कार्यक्रम निर्माण गरेको जनाएको छ ।
जस अनुसार सबै स्थानीय तहमा पार्टी सुदृढ एंव जनबर्गीय संगठनका गठन पूर्नगठन तथा संर्घषका कार्यक्रम रहेका छन् ।

Leave A Reply

Your email address will not be published.