Jilla Ban Notis

संसद पुनःस्थापन हैन निवार्चन हुनु पर्छ ःचन्द्र भण्डारी

0 14

कृष्ण ढकाल
बर्दघाट,माघ–३
संसद पुनःस्थापना हैन निवार्चन हुनु पर्छ र त्यसका लागि सबै तयार हुनुपर्ने नेपाली कान्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले बताउनु भएको छ । आज नेपाली कांन्ग्रेस बर्दघाट नगर समितिले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनु भएको हो ।

उहांले आफ्नो पार्टीको पनि छुट्टै स्वार्थ रहेको बताउदै अब अहिलेको अवस्थामा संसदलाई अझै दुई वर्ष लम्वायो भने देश अनिष्लले लुटेरै सिद्धाउने भन्दै चुनाव गर्न जरुरी रहेको बताउनु बताउनु भएको थियो । नेता भण्डारीले राजनीतीमा दुईमा दुई जोडदा कहिले ५ हुने त कहिले १ पनि हुन्छ भन्ने तर्क गर्दै अहिले विरोध गरेजस्तोगरी चुनावमा होमिन घुमाउरो पारेले नेता तथा कार्य कर्तालाई निर्देशन गर्नुभएको थियो ।

उहांले अब फेरी संसद पुनःस्थापना तिर गए कम्निष्यूटहरु आफुमा काटाकाट र मारामार गर्ने र देशलाई बर्वाद तिर धकेल्ने भएकाले कान्ग्रेसले नै त्यसको निकास निकाल्न र देशलाई बर्वाद हुनवाट जोगाउन जरुरी रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै अब सबै मिलेर चुनावमा जान तयार हुनु पर्ने बताउनु भयो ।

नेपाली कांन्ग्रेसले संसद विघटनको विरोधमा देशभरका पालिकाहरुमा विरोध सभा गर्ने गरी गरेको सर्कुलर अनुसार कार्यक्रम आयोजना गरीएको भएपनि बर्दघाट नगरमा भएको नेपाली कांग्रेसको विरोध सभालाई सम्वोधन गर्दा नेता भण्डारीले संसद विघट्न नेपाली कान्ग्रेसका लागिए एउटा अवसर भएको घुमाउरो धारणा राख्नु भएको थियो ।

नेपाली कांन्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठको सभापतित्व र सचिव पोषचन्द्र देवकोटाको संचालनमा भएको कार्यक्रममा नेपाली का“न्ग्रेस नवलपरासीका सभापति विष्णु पौडेल,संविद्यान सभा सदस्यद्धय विक्रम खनाल,देवकरण कल्वार लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।
उता
यसअघि
नलपरासीको सुनवलमा पनि आज नै नेपाली कांग्रेस नगर कार्यसमितिले आयोजना गरेको विरोध सभालाई भण्डारीले नै सम्बोधन गर्नु भएको थियो । त्यहां पनि नेता भण्डारीले सम्वोधनका क्रममा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संवैधानिक र असंबैधानिक जे भएपनि सर्वोच्च अदालतले फैसला गर्ने भएकाले त्यस तर्फ आफुजान नचाहेको बताउनु भएको थियो । अब चुनावमा जानुको अर्काे विकल्प नरहेको बताउदै भण्डारी अबको चुनावमा पुराना नेताहरुले नयांपुस्तालाई नेतृत्व दिनु पर्ने बेला आएको बताउनु भयो।
त्यस्तै
उता परासीमा भएको विरोध सभालाई नेपाली कांन्ग्रेस पार्टीको संसदीय दलकी सचेतक पुष्पा भुसाल र केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले सम्वोधन गर्नु भएको थियो । भेलालाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य कब्जा गर्न खोजेको आरोप लगाउनु भएको थियो ।
त्यस्तै पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले संसद विघटन असंम्बैधानिक भएको टिप्पणी गर्दे मुलुकलाई अस्थिरतातर्फ धकेल्न संसद विघटन गरिएको धारण राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.