Jilla Ban Notis

ग्रामिण साकोस बर्दघाटद्धारा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न् ।

0 36

कृष्ण ढकाल
बर्दघाट,माघ–३
ग्रामिण साकोस बर्दघाट–४,नवलपरासीको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न् भएको छ । आज बर्दघाटमा भएको एक्सेस ५ औं ब्याचको १४ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशालामा नवलपरासी बर्दघाट–सुस्ता पश्चिम र पूर्वका दुवै जिल्ला,रुपन्देही,धादिङ्ग,चितवन र बर्दीया जिल्लाका विभिन्न साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

दशवटा साकोसहरुले आलो–पालो गरी आयोजना गर्ने सो कार्यक्रम अन्र्तगत यस पटक नवलपरासीको ग्रामिण साकोसलाई जेष्ठमा पालो परेपनि कोभिडका कारण अहिले कार्यशाला आयोजना गरीएको आयोजक संस्थाका ब्यवस्थापक अन्नत पाण्डेले बताउनु भएको छ।

कार्यशाला गोष्ठीमा संस्थाको प्रगती प्रतिवेदन ,सुधार गर्ने कुराहरु,रणनितिक योजना नविनतम कामहरु र अब कसरी जाने भन्ने वारेमा नेफ्स्कुनका प्रेमनाथ वाग्लेले सहजीकरण गर्नु भएको थियो । कार्यशाला एक्सेसका ८६ वटा सुचकहरुमा केन्द्रीरहेको थियो भने कार्यशालामा करिव ४५ बढीको सहभागिता रहेको थियो ।

तस्विर ः राम प्रसाद पौडेल

बर्दघाटको रोयल होटेलमा संचालीत उक्त कार्यशालाको समुद्घाटन कार्यक्रम ग्रामिण साकोस बर्दघाट–४,नवलपरासीका अध्यक्ष देवि प्रसाद अधिकारीको अध्यक्षता र निर्वमान अध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा भएको थियो ।
संस्थाका सह–सचिव देविदत्त सापकोटाको स्वागत मन्तब्य र कार्यसमिति सदस्य एवं एक्सेस कार्यदल संयोजक कृष्ण प्रसाद गौतमको संचालन रहेको कार्यक्रममा नेफ्स्कुनका प्रेमनाथ वाग्ले विशिष्ठ अतिथिका रुपमा रहनु भएको थियो । त्यसैगरी अतिथिहरुमा संस्थाका सल्लाहकार रामकृष्ण पौडेल,कृष्णहरि पौडेल राम प्रसाद पौडेल कुलदेव श्रेष्ठ र बसन्त कुमार रेग्मी लगाएत रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.