Holi asnjal makar GURU

रामग्राम १४ अमरौटमा माघी खिचडी संस्कृतिक कार्यक्रम सम्पन्न ।

89

गौरीशंकर जयसवाल

परासी १ माघ
नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ अमरौटमा थारु नयाँ वर्ष माघी खिचडीको अवसरमा सातौ माघी खिचडी संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको आर्थिक सहयोग तथा अमरौट महिला बचत तथा ऋण सहकारी संस्था लि. तथा संकट मोचन सहकारी संस्था लि.को आयोजनामा एक दिने सातौ माघी खिचडी संस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

सातौ माघी खिचडी संस्कृतिक कार्यक्रमको समुद्घाटन रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले गरेका हुन । सो अवसरमा बोल्दै नगरप्रमुख गुप्ताले पुरानो संस्कृति तथा राम्रा संस्कार संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । थारु भेषभूषाको संरक्षण लागि नगरपालिका सहकार्य गर्न तयार रहेको गुप्ताले बताए । थारुको हक अधिकार र थारुको कला संस्कृतिक जार्गेनाकोे निम्ती नगरपालिकाले सदैब लागि रहर्ने नगरप्रमुख गुप्ताले बताए ।

थारु समुदायको खानपान सहित थारु भेषभूषामा झर्रा नाच, झुमडा नाच, लोपोन्मुख बड्का नाच लगायतका संस्कृति झल्कने कार्यक्रम प्रर्दशन गरेका थिए ।  महिला बचत तथाल ऋण सहकारी संस्थाको अध्यक्ष तारा देबी चौधरीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव बिक्रम यादव,नेकपा नेता धनपत यादव,वडानं १४ का वडाध्यक्ष पारस नाथ चौधरी,कार्यपालिका सदस्यद्धय रोशन शाह,चन्द्रकला न्योपाने,रुकमाणी चौधरी लगायतले थारु समुदायको कला संस्कृतिको संरक्षणमा गर्नु पर्नेमा जोड दिएका थिए ।