sarawal

प्रकृतिका पुजारी थारु र माघी पर्वको महत्व

109

थारुहरु प्रकृति पुजारी हुन्।  किन भने थारुहरु परापुर्वकाल देखिनै प्रकृति लाई पुजा गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। जस्तै वन जंगल , सूर्य ,चन्द्रमा, आकाश, पहाड, माटो, आगो, पानी लाई पुजागर्ने र जंगली जनावरहरु हात्ती, घोडा आदी लाई पुजा गर्दै आएको हुनाले थारुहरु लाई प्रकृति पुजारी भनिएको हो। थारुहरु गुम्बा बनाएर गुम्बा र ढिस्का लाई पुजा गर्ने र गर्दै आएको हुनाले थारुहरु प्रकृति पुजारी हुन्। अहिले पनि थारुहरु प्रकृति लाई नै पुजा गर्दै आएकाछन्। जस्तै कोटही, दहर चंडी , डिउहार , ब्रम्हथान ( डिउहार), सातो वहिनवार, ब्रम्ह , मलङ्ग , महावीर , अस्थुल ,चंडी (डहर चंडी), चमरही, कालिका, ललिता, फुलमती, बाइसी, ओवहीया र सहिजदवा(ललमनवा), सवधिर, करताल, कुवरवर्ती, बघेसरी, विअही, म्कारुबहारु, सपहेरीया, रेघवाभण्डार, टीकधारी, गुन्नी आदि। थारुहरुको विवाह हुदा , बच्चाहरुको जन्म हुदा ईनारलाई पुजा गर्ने गर्दछन्। त्यसतै पहिले थारुहरु लाई कुनै रोग लाग्दा विरामी पर्दा सोखा, गुरुवाहरु लाई बोलाएर म्कारफुक गरेर उपचार गर्ने गर्दथे अनि आौषधीको रुपमा खानलाई प्रकृतिक जडिबुटीहरु प्रयोग गर्ने गर्दथे। त्यस कारण प्रकृति माथि विश्वास गरी प्रकृतिलाई नै पुजा गर्ने भएकोले थारुहरु प्रकृति पुजारी हुन्। 

थारुहरु थेरवादी बुद्धिष्ठ भएको हुनाले थेरवाद बाट थारु भएको हो।

थेरवाद भनेको बुद्धको जीवनकाल देखि नै बौद्ध धर्मावलम्विहरुले गौतम बुद्धका सुरुका उपदेशहरुलाई यथावत संरक्षण एवं अनुसरण गरेर त्यहि नै थेरवाद बुद्ध धर्मको रुपमा विकसित हुनगयो। यीनीहरुले पाली भाषामा नै उनका उपदेशहरु संरक्षण गरे। जसलाई थेरवाद वा हिनयानको रुपमा मानियो। यसलाई स्थविरवाद को रुपमा पनि नामाकरण गरियो। यी थेरवाद बौद्धहरुले हेतुवादी र आश्रमिक स्वरुपलाई नबदलि बुद्धका ज्ञानहरु अगाडि बढाए।अर्को कुरा थार बाट थारु भएको हो थार भनेको समतल भूभाग भन्ने बुझिन्छ। थारु जाती समतल भूभागमा बस्न मन पराउने र समतल भूभागमा बस्दै आईरहेको हुनाले थार बाट थारु भएको हो। त्यस कारण तराईका धरतिपुत्र थारुहरुको नाम थारु राखिएको हो। थारुहरु बौद्धि धर्मावलम्बी हो। किन भने थारुहरु बौद्ध धर्म मान्ने गरेको र बौद्ध धर्म अनुसार कर्मकाण्ड , विवाह इत्यादिमा गर्ने गरेको हुनाले थारुहरु बौद्ध धर्मावलम्बी हुन्। साथै थारुहरु हत्या हिंसा नगर्ने , झुठो नबोल्ने र सत्यमा बिश्वास गर्ने अहिंसाको पुजारी भएको हुनाले थारुहरु बौद्ध धर्मावलम्वी हुन्।

गौतम बुद्ध थारुका सन्तान हुन। किन भने थारुहरु थरुहट तराईमा बसोवास गर्ने पहिलो जाति भएको हुनाले र थारु जातीले प्रयोग गर्ने विभिन्न सरसामानहरु , भाडाकुडाहरु र थारु महिलाले प्रयोग गर्ने गरगहनाहरु भगवान गौतम बुद्ध जन्मेको ठाउमा उत्खनन गर्दा भगनावशेषहरु भेटिएको हुनाले बुद्धकालिन युगमा प्रयोग हुने समाग्रीहरु अहिले सम्म थारुहरुको घरमा प्रयोग गरिन्छ। अनि अर्को कुरा गौतम बुद्धको आमाको नाम मायावती भएको हुनाले यो मायावती, कलावती, ईन्द्रावती आदि नाम प्राय थारु जातीहरुमा मात्र हुने भएकोले यी बिभिन्न प्रमाणहरुले प्रमाणीत हुन्छ की थारुहरुको सन्तान गौतम बुद्ध थिए।

थारुहरु तराईको सुरक्षित र समतल भूभागमा आदिमकाल देखि बस्दै आएका हुनाले थारुहरु लाई आदिवासी भनिने गरिन्छ।

थारुहरु यस तराईको समतल भूभागमा बस्न किन मनपराए भने यस तराईमा उनिहरु आफुलाई सुरक्षित महसुस गरे साथै यहां खाना र पानि सजिलै उपलब्ध हुनसक्ने भएको हुनाले यस तराईमा उनिहरु बस्न मनपराए। त्यस बेला यो तराई घना जंगल थियो यहां खतरनाक जंगलि जनावरहरु हुन्थे यहा थुप्रै ताल तलाउ र खोलानालाहरु थिए जसले गर्दा थारुहरु आफ्ना जिउकोपार्जन गर्न खानाको लागि जंगली जनावरहरुको शिकार गर्थे , माछा, गंगटा, घोंङ्गी , र जंगली कन्दमूल आदी खाने गर्दथे । .थारुहरु प्रकृति लाई पुजा गर्दथे जंगल लाई पुजा गर्ने, रुख लाई पुजा गर्ने, खोलानाला लाई पुजा गर्ने , जंगलि जनावरहरु लाई पुजा गर्ने, माटो लाई पुजा गर्ने, आगो लाई पुजा गर्ने, पानी लाई पुजा गर्ने, हावा लाई पुजा गर्ने खाने अन्न लाई पुजा गर्ने आदि प्रकृतिक लाई पुजा गर्ने भएकोले थारुहरु लाई प्रकृति पुजारी भनिन्छ।

भगवान गौतम बुद्ध जन्मनु भन्दा पहिला देखि नै थारुहरु यस तराई मा बस्दै आएका थिए उनका पिता कपिलमुनि थिए र उनका माता मायावती थिईन। कपिलमुनि थारु थिए र उनका माता पनि थारु नै थिईन त्यसकारण भन्न सकिन्छकी गौतम बुद्ध थारुका सन्तान थिए। यस बुद्धकालिन युगमा तराईमा दुईवटा गणराज्यहरु थिए। कोलिया गणराज्य र शाक्य गणराज्य। कोलिया गणराज्यको राजधानी देवदह पंडितपुर थियो। यस गणराज्यको सिमाना पश्चिम रोहिणी नदी , पूर्व नारायणी नदी , उत्तर चुरे पर्वत र दक्षिण तितली बन थियो। भने शाक्य गणराज्यको राजधानी तिलौराकोट थियो। अनि यसको सिमाना पूर्व रोहिणी नदी, पश्चिम राप्ती नदी, उत्तर चुरे पर्वत र दक्षिण प्राबस्ती सम्म थियो। त्यती बेला थारु हरुमा गोदना प्रथा पनि थियो। यो गोदना प्रथा रुपवन्तीहरुले आफ्नो रुप बिगार्न कुरुप बन्नको लागी यो गोदना गोदाउने गर्दथे। केहि बिद्धानहरुको भनाई अनुसार कुनै समयमा आदिवासी थारुहरु माथी मुगल बादशाहले आक्रमण गरेका थिए। र थारु चेलीहरु माथी गलत दृश्टी हेर्ने गरेको हुनाले यो गोदना गोदाएर आफ्नो रुप बिगारी कुरुप बन्थे।

थारु जातीको आफ्नो छुट्टै पहिचान बोकेको महान राष्ट्रिय पर्वलाई माघी (माघी संक्रान्ति) खिचडी भन्ने गरिन्छ।

थारुहरुको सबै भन्दा ठूलो पर्व रहेकोले यसलाई थारुहरुले धुमधामका साथ परापूर्वकाल देखि मनाउने गर्दछन्। यस पर्व पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका थारु समुदायले फरक फरक ढंगले मनाउने गरेतापनि बडो महत्व दिएर मनाउने गर्दछन्। यस पर्वलाई थारुहरुले बिभिन्न रुपमा मनाउने गर्दछन्। जस्तै नयाँ वर्षको रुपमा ,उन्मुक्ति दिवसको रुपमा , एकता दिवसको रुपमा , सदभाव र मेलमिलाप को रुपमा तथा खुशियाली मनाई दिदि बहिनि लाई कोशेली उपहार प्रदान गर्ने अदि विविध रुपमा मनाउने चलन छ। साथै माघ १ गते सूर्य मकर राशीमा प्रवेश गर्ने भएको हुनाले यस माघी पर्व लाई मकर संक्रान्ति पनि भनिन्छ। थारुहरुले आफनो पहिचान, ईतिहास र संस्कृति संरक्षण गर्नको लागि यस माघि पर्व लाई माघि महोत्सवको रुपमा मनाउन थालेकाछन्। यो माघि महोत्सव तराईको प्रत्येक जिल्लाहरुमा मनाउनुको साथै काठमान्डौ उपत्यकामा समेत मनाउदै आएकाछन् र नवलपरासी जिल्लाको मनरी गा.वि.स. वार्ड नं.१ मनरीमा २०६३ साल देखि नै यस माघि पर्व लाई माघि महोत्सवको रुपमा श्रीराम युवा प्रतिष्ठान मनरीले मनाउदै आएकोछ। यस माघि पर्व लाई खिचडी पर्व पनि भन्ने गरिन्छ। किन भने यस पर्वमा खिचडी पकाएर खाने गरिन्छ। खिचडी पकाउदा बिभिन्न समाग्रीहरु मिसाएर पकाउने गरिन्छ। जस्तै चामल, दाल, बेसार, घिउ, नून आदि।
माघी पर्व मनाउनको लागी कम्तिमा एक महिना अगाडी देखि तयारी शुरु हुन्छ। जसमा प्रमुख रुपमा अनदीको गुलियो जाँड,रक्सि,काठ दउराको ब्यवस्था ,तोरीको खाने तेल पेल्ने आदि गरिन्छ। साथै नाचगानको लागि पनि विभिन्न स्तर तथा समुहमा तयारी गरिन्छ। जस्तै केटाकेटी समुह,युवति समुह,युवा केटा समुह,किसान समुह,गाई बस्तु चराउने केटाहरुको समुह बनाएर माछा मार्ने , चामलको पिठो पिसाउने ,अन्य परिकारको लागि आवश्यक समाग्रीको ब्यवस्था , काठ दाउराको ब्यवस्था गर्ने गर्दछन्। म्ााघी पर्वमा तयार पारिने अन्य परिकार खिचरी,चिचर,ढिकरी(पिठ्ठा) ,तिलको लड्डु, रिकौच, घोङ्गी, सुंगुरको मासु, मुसाको मासु, ढोसा, अन्दीको भुजा आदि।

माघी पर्व पुष महिनाको अन्तिम दिन देखि शुरु भएको मानिन्छ। अर्थात जिता मर्ना दिन देखि माघी शुरु हुन्छ। यस दिन छरछिमेकको घरमा गई अनदी को गुलियो जाँड र सुंगुरको मासु खाने गरिन्छ। जिता मर्ना दिनको रात भरी मनरा –मादल) बजाई गित गाउने र मु्कमरा नाच ,म्कमटा नाच, सख्यानाच ,लाठीनाच नाच्ने गरिन्छ। थ्ाारुहरुले माघ १ गते देखि नयाँ बर्ष थालनी भएको मान्दछन्। यसैले पौष मसान्तमा गत सालको सबै कारोबारको अन्त्य। माघ १ गते देखि नयाँ कारोबारको थालनी गर्ने चलन छ। जस्तै घरधुरीया चयन गर्ने , छारा गर्ने कि नगर्ने , घर फुट्ने कि नफुट्ने , विवाह गर्ने कि नगर्ने ,खेत जोत्ने वा छोड्ने। खेत लगाउन दिने वा नदिने , जग्गा धनि र जोतहाको शर्त बारे छलफल गर्ने ,घरमा काम गर्ने मानिस राख्ने वा नराख्ने , घरको लेनदेन बारे छलफल , साहुमहाजनको संग ब्यवहार गर्ने ,अगामी बर्षको लागी योजना बनाउने , गाउको साम्का कुल्वा,भरवा,बेठबेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने, गाउको साम्का देवी देवता तथा विभिन्न पुजापाठ गर्न भुईह्यार ,गुरुवा(धामि),केसौका,चिरक्या राख्ने ,महतावा,बरघर,भलमन्सा,चौकिदार,कामी,कोहार,लोहार,नाउ राख्ने, जिउका(तिहाई) कसरी दिने र उठाउने सम्बन्धमा(गुरुवा,कसौका,चौकिदार,कामी,कुमहार को लागी), छारा गर्ने कि नगर्ने सम्बन्धमा।

यस पर्वको महत्व थारु समाजमा धेरै रहेको छ। जस्तै सामाजिक सहिष्णुता तथा समम्कदारी पूर्ण सम्बन्धको विकास गराउने।सबल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्ने। एकै समयमा नियमित तरिकाले गाँऊ विकासको योजना छलफल प्रणाली बाट निधो गरिने। बिभिन्न देवी बाट बचाउन र सामाजिक परम्परा तथा संस्कार लाई जीवन्त राख्न गुरुवाहरुको ब्यवस्था गर्ने। नयाँ काम कारोबारको थालनी गरि ब्यक्तिगत तथा सामुहिक विकास का पूर्वाधारहरु तयार गर्ने। दाजुभाई तथा दिदिबहिनि बिचको सम्बन्ध प्रगाढ बनाउने।

✍️ राधेश्याम चौधरी (थारु) (उहां नवलपरासी जिल्लाको सरावल गाउंपालिकाका अध्यक्ष  हुनुहुन्छ)

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/