Jilla Ban Notis

सूर्य ज्योती यूवा क्लव बर्दघाट–२,चिसापानीको रजत जयन्ती समारोह सम्पन्न् ।

0 27

कृष्ण ढकाल
बर्दघाट,पुष–२७
सूर्य ज्योती यूवा क्लव बर्दघाट–२,चिसापानीको रजत जयन्ती समारोह सम्पन्न् भएको छ । ल्कवका अध्यक्ष राम भण्डारीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. २का वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा रजतजयन्ती समारोह सम्पन्न् भएको हो ।

२०४३ सालमा स्थापना भएको उक्त सूर्य ज्योती यूवा क्लव आधिकारीक रुपमा २०५३ सालमा विधिवत रुपमा दर्ता भएकाले क्लवले अहिले बल्ल रजत जयन्ती मनाईएको हो । रजत जयन्ती समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि दर्लामीले वडाका हरेक गतिविधिहरुमा क्लवले सक्रिय सहभागिता जनाएको बताउदै आगामी दिनमा पनि अझै प्रभावकारी काम गर्न अनुरोध गर्नु भएको थियो । उहांले वडाका कुनै पनि समाजिक गतिविधिहरु गर्दा क्वलसंग सहकार्य गर्न आफु तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी क्लवका संस्थापक अध्यक्ष डब बहादुर गर्भूजाले चिसापानीको एैतिहासिक विकास निमार्णमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सूर्य ज्योती यूवा क्लव चिसापानीको सबै भन्दा जेठो संस्था भैकन पनि ओझेलमा परेको बताउदै अहिले बल्ल यसले गतिलिएको देख्दा आफु खुशी भएको बताउनु भएको थियो ।

सूर्यज्योती युवा क्लवका सचिव टेक बहादुर बुढाथोकीको संचालन र सदस्य प्रेम भुजेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष यम बहादुर थपा,सुबोध जागृत बुढाथोकी, हिमलाल ज्ञवाली,वृहस्पति अधिकारी,धन प्रसाद गुरुङ्ग,सदानन्द पाण्डे,मोहन गुरुङ्ग,माया परियार लगाएतले बोल्नु भएको थियो ।

पत्रकार कृष्ण ढकाललाई सम्मान गर्दै

कार्यक्रममा संस्थापक तथा आजिवन सदस्यहरु र पत्रकार कृष्ण ढकाललाई सम्मान गरीएको थियो । त्यसैगरी क्लवको रजत जयन्तीका अवसरमा संचालीत वडा स्तरीय अन्तर क्रिकेट,ब्याडमिन्टन र फूटवल प्रतियोगिताका विजेता तथा उप–विजेता टोलीलाई पनि नगर,ट्रफी र प्रमाण–पत्र द्धारा पुरस्कृत गरीएको थियो ।
पुरस्कृति हुनेमा ब्याडमिन्टन तर्फ चन्द्र बहादुर थापा र कृष्ण पौडेल प्रथम भै नगद २ हजार सहित प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएको थियो भने उप विजेतामा सन्जु गुरुङ्ग र राहुल थारु ले १ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नु भएको थियो ।
त्यसैगरी क्रिकेट तर्फ ब्लक नं. १ ले ६ विकेटले विजयी भै ३ हजार नगद र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो भने ब्लक नं. ५ क उपविजेता भै रु १५ सय नगद र प्रमाण–पत्र प्राप्त गर्न सफल भएको थियो ।

फूटबल प्रतियोगिता तर्फ भने ब्लक नं. २ ले ३–० को अन्र्तरमा विजयी बन्न सफल भै ब्लक नं. २ ले रु ५ हजार नगरद, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । भने ब्लक नं. ५ ले २५ सय नगर ,मेडल र प्रमाण पत्रमा नै चित्त बुझाएको छ ।

Leave A Reply

Your email address will not be published.