Jilla Ban Notis

केपी ओलीले संसद बिघटन गरेर देशलाई अन्धकारतर्फ लगे ः महेन्द्रराय यादव

0 15

गौरीशंकर जयसवाल

परासी २३ पुस
जनता समाजबादी पार्टी नेपालका बरिष्ठ नेता महेन्द्रराय यादयले केपी ओलीले संसद बिघटन गरेर देशलाई अन्धकार तर्फ लगेको आरोप लगाएका छन । उनले संसद बिघटन गर्न नेपालको संबिधानको कुनै पनि धारामा नरहेको र कल्पना समेत नगरीएको यादवको भनाई रहेको थियो ।

आज पश्चिम नवलपरासीमा जनता समाजबादी पार्टीले परासीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै यादवले यस्तो बताएका हुन । यादवले भने संसद बिघटन असम्बैधानिक र अलोतान्त्रिक कदम भएको भन्दै आफुहरुले संसद पुनस्थापना गराएर नै छाडने बताए ।

ओलीले संसद बिघटन गरेर संबिधानको खिल्ली उठाएको भन्दै संसद बिघटन सबिधानको मर्म बिपरीत रहेको यादवको भनाई थियो । सर्बोच्च अदालतले पनि नेपाली जनताको त्यग र बालिदानलाई र संबिधानको रक्षाको हितमा नै फैसला सुनाउनेमा आफुहरु बिश्वास रहेको यादवको भनाई थियो ।

जनता समाजबादी पार्टी नेपाल परासीका अध्यक्षद्धय मुकुरजी गिरी र धरेन्द्र यादवको अध्यक्षामा भएको भेटघाट कार्यक्रममा जनता समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य लक्ष्मी गुप्ता,पूर्व रक्षा राज्यमन्त्री रामबच्चन यादव, पूर्व शिक्षा मन्त्री गोबिन्द चौधरी लगायतले बोल्दै संसद बिघटन अलोतान्त्रिक ,अम्बैधानिक र संबिधानको भावना बिपरीत भएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.