Jilla Ban Notis

नवलपरासीमा एक जना कोरोना संक्रमीतको मृत्यु, ५ जना संक्रमित थपिए ।

0 20

बर्दघाट,पुष–१४

पश्चिम नवलपरासीमा एक जना कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालीका वडा नं. ५ का ६२ वर्षिय कोरोना संक्रमीत पुरुषको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो । यो संगै जिल्लामा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना नयां संक्रमीत थपिएका छन । सुनवल नगरपालीकामा ३ जना, रामग्राम र प्रतापपुर गाउंपालीकामा एक एक जना गरी ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

सुनवल नगरपालीका वडा नं. ४ का ४६ वर्षिय र वडा नं. १२ का ४९ र ६८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ भने रामग्राम नगरपालीकाको वडा नं. ९ का २५ वर्षिय र प्रतापपुर गाउंपालीका वडा नं. ९ का ६२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमीतको संख्या १ हजार ३९७ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.