Holi asnjal makar GURU

कुञ्जन कृषि सहकारी संस्था धर्मवस्तीको चौथो वार्षीक साधारण सभा सम्पन्न् ।

35

कृष्ण ढकाल
बर्दघाट,पुष–११
कुञ्जन कृषि सहकारी संस्था बर्दघाट–१४ धर्मवस्तीको चौथो वार्षीक साधारण सभा आज सम्पन्न् भएको छ । संस्थाका अध्इक्ष राम गिरीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्वर–१४ का वडाध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष खत्रीले आफुले आफ्नो वडाका सबै किसानहरुको पक्षमा रहेर विभिन्न खालका कृषी कार्यक्रमहरु संचालनमा ल्याएको बताउनु भएको थियो । त्यसैगरी उहांले वडाका किसानहरुको कुनै समस्या भएमा प्रक्रियागत रुपमा कार्यालयमा आएमा त्यसको समाधान गर्न आफु लाग्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष तेजेन्द्र पुर्जाको स्वागत मन्तब्यवाट शुरुभएको कार्यक्रममा बर्दघाट नगर कार्यपालिका सदस्य अम्बिका लम्साल,वडा सदस्य मञ्जु पाण्डे लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव पार्वती पौडेलले गर्नु भएको थियो ।

२०७२ सालमा ६३ जना शेयर सदस्यवाट आफ्नो यात्रा शुरु गरेको कुञ्जन कृषि सहकारी संस्था बर्दघाट–१४ धर्मवस्तीले अहिले सम्म आई पुग्दा १ सय ५१ जना शेयर सदस्य बनाउन सफल भएको छ । त्यसैगरी संस्थामा अहिले ६६ लाख ५७ हजार ४ सय ११ रुपैयां शेयर पुंजी रहेको छ भने ५९ लाख ३२ हजार ऋण लगानी गरेको आज भएको संस्थाको चौथो वार्षीक साधारण सभामा अफ्नो वार्षीक प्रतिवेदनमा उल्लेख गरेको छ ।
संस्थाको कार्यक्षेत्र साविकको दाउन्ने देवि गाविस भएपनि हालको वडा नम्वर १४,१५ र १६ रहेको छ ।