Jilla Ban Notis

नवलपरासीको भूमहिमा विरोद्ध प्रदर्शन, प्रद्यानमन्त्रीद्धारा नयाँ निर्वाचन सम्बन्धमा छलफल

0 36

बर्दघाट,पुष–५
युवा संघ नेपाल र अनेरास्ववियुका नेता कार्यकर्ताहरुले आज नवलपरासीको भूमहिमा विरोद्ध प्रदर्शन गरेको छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएको भन्दै त्यसको विरुद्धमा आफुहरुले प्रदर्शन गरेको युवा संघ नेपालका जिल्ला ईन्चार्ज रामुपाण्डेले बताउनु भएको छ ।

उता
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणको निर्वाचन को मिति तोक्नु भएको छ ।

त्यसरीगरी
प्रधानमन्त्री के.पि शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख र सदस्यहरूसँग नयाँ निर्वाचन सम्बन्धमा अपरान्ह बालुवाटारमा छलफल गरी आगामी बैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणको निर्वाचन गर्ने सम्वन्धमा छलफल समेत गरी सक्नु भएको छ।

तर
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पर्सि ७ गते बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने जनाईएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको र यसको राजनीतिकसंगै कानुनी उपचार खोज्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले
संसद विघटन गर्नु लोकतान्त्रिक मूल्य, मान्यता विपरीत, संवैधानिक व्यवस्था प्रतिकुल, बदनियतपूर्ण र निन्दनीय भएको ठहर गरेको छ । आज बसेको पदाधिकारी बैठकले सरकारको यो संसद विघटन गर्ने निर्णयलाई कांग्रेसले घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न घटना भनेको छ । गत आम निर्वाचनमा स्थिरता, शान्ति र समृद्धिको नारा दिएको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले संसद विघटन गरेर जनमतको अपमान गरेको पनि बताएको छ ।
त्यसैगरी कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि काम गर्ने पनि बैठकले निर्णय गरेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.