Jilla Ban Notis

सृष्टि सामुदायिक वन उपभोक्ता समुहको नव निर्मित भवन समुद्घाटन ।

0 40

वासा,मंसीर–२२
पश्चिम नवलपरासीको सृष्टि सामुदायिक वन उपभोक्ता समुह सरावल १ सालबास भगडाको नव निर्मित भवनको सोमबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ । सृष्टि सामुदायिक वनका अध्यक्ष सिरी बहादुर साहीको अध्यक्षता, डिभिजन वन कार्यलय पश्चिम नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताको प्रमुख आतिथ्यता र सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको बिशेष आतिथ्यतामा नव निर्मित भवन समुद्घाटन गरीएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले अहिले सामुदायिक वनहरुले जोगाई राखेको वनमा सरकारले कुदृष्टि लगाउनु दुर भाग्य पुर्ण भएको हुदा सरकारले गरेको बन पैदावार निकासी र पैठारीमा लगाएको रोकको निर्णय फिर्ता लिनु पर्ने बताउनु भयो ।
प्रमुख अतिथि गुप्ताले सामुदायिक वनले आफ्नो नव निर्मित भवन निर्माण गरेकोमा धन्यवाद दिदै आगामी दिनमा यस सामुदायिक वनले वन संरक्षणमा अझ बढि ध्यान दिने बिश्वास ब्यक्त गर्नु भयो । सोही कार्यक्रममा बोल्दै बिशेष अतिथि अध्यक्ष्ँ चौधरीले जल , जंगल र जमिन मा सबै प्राणी को समान अधिकार भएको हुदा यसलाई बचाई राख्न मानव जगतको ठुलो योग्दान रहेको बताउनु भएको थियो । उहांले वन जंगल पछिल्लो समय विनास हुदै गएको प्रती चिन्ता ब्यत्तm गर्नुभयो । वन जंगल जोगाउन सके भावी पुस्तालाई समेत राम्रो हुने र अल्पबृष्टि भुक्षय र बाढि पहिरो र असन्तुलित मौसम फरिवर्तन जस्ता दैविक प्रकोपहरु न्युनिकरण हुने बताउनु भयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ताा महासंघ का लुम्बिनि फ्रदेश सचिवालय सदस्य नारायण पाण्डेय, सरावल बर्दघाट सव डिभिजन वन कार्यालयका फ्रमुख जय प्रकाश गुप्ता, लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नू भएको थियो ।

Leave A Reply

Your email address will not be published.