Holi care school

सयपत्री बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न ।

26

गौरीशंकर जयसवाल

परासी २० मंसिर
सयपत्री बचत तथा ऋण सहकारी संस्था लिको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडानं १ मा अवस्थित सयपत्री बचत तथा ऋण सहकारी संस्थालिको २० औँ बार्षिक साधारण सभा मार्यदीत श्रम पर्यटनका लागि सहकारी मुला नाराका साथ सुनवलको लोटस रिर्पोटमा आज सम्पन्न भएको हो ।

सयपत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद पौडेल अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलेको प्रमुख आथिथ्यता भएको कार्यक्रमा सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले सहकारीमार्फत कृषि पशुपालनमा लगानी गर्न सहकारीहरुलाई अग्रह गरेका थिए । उनले आगामी दिनमा उत्पादनमुलक र किसानलाई सहज हुने क्षेत्रमा लगानी गर्न पनि जोड दिए । पौडेलले किसानहरुले उत्पादन गरेको बस्तु भण्डार गर्न निम्ती २५ करोडको शित भण्डार निमार्ण भईरहेको त्यस काम ७० प्रतिशत पुरा भएको बताए । सहकारीले बचत मात्र गर्न होईन सहकारीमार्फत कृषि पशुपालन र उद्योग धन्दामा लगानी गर्नुपर्ने जोड दिए । आगामी दिनमा उत्पादनमुलक र किसानलाई सहज हुने क्षेत्रमा लगानी गर्न पनि पौडेललेको भनाई थियो ।

सहकारीको साधारण सभामा सचिब नारायण पौडेल सचिवका प्रतिबेदन तथा कोषाध्यक्ष कमला थापाले आर्थिक प्रतिबेदन पेश गरेकी थिईन । २०५८ सालमा स्थापना भएको उक्त सहकारीमा शेयर पुजँी ३ करोड २६ लाख ५५ हजार ८ सय रहेको छ । सहकारीले चालु ७७ लाख ४३ हजार २सय रुपैया शुद्ध नाफा आर्जन गर्न सफल भएको सहकारीका सचिव नारायण पौडेले जानकारी दिए । २४ करोड ५० लाख ८२ लाख कुल बचत रहेको सहकारी संस्थाका व्यवस्थापक टिकाराम तिल्मिसीनाले बताए । उक्त सहकारीले २३ करोड ३४ लाख २० हजार ऋण लगानी गरेको संस्थाका उपाध्यक्ष रमेश कर्मचार्यले जानकारी दिए ।
सहकारीमा महिला १२ सय ५३ र पुरुष ११सय २५ जना गरी कुल २ दुई हजार ३ सय ९० जना शेयर सदस्य रहेका छन । साधारण सभामा एसईई तथा सो भन्दा माथिल्लो तहको शैक्षिक क्षेत्रमा विशिष्ट श्रेणी प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान तथा सहकारी जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।
साधारण सभामा सहकारी जेष्ठ सदस्य प्रेम रिमाल,सहकारीका उपाध्यक्ष रमेश कर्मचाय, लेखा सदस्य रामहरी चापगाई,संस्थाका सल्लाहकार कृष्णबन्धु अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए ।    https://www.youtube.com/watch?v=BKSUlhL79XA