Holi asnjal makar GURU

सरावल अस्पताल निमार्णस्थलको टुंगोलाग्न नसक्दा दिन प्रतिदिन गाउंदेखि पालिकासम्म विवाद ।

सरावल गाउंपालिका गेट अगाडी नारावाजी गर्दै विरोध प्रर्दशन

39

कृष्ण ढकाल
बर्दघाट,मंसीर–७
संघिय सरकारवाट विनियोजित बजेटमा निमार्ण गर्न लागिएको सरावल गाउपालिकाको १५ शैयाको अस्पताल निमार्ण स्थलको टुंगो लाग्न नसक्दा दिन प्रतिदिन गाउंदेखि पालिका सम्म विवाद भैरहेको छ । सरावल गाउंकार्यपालिकाको बैठकले सरावल गाऊपालिकाको वडा नं ५ मा सरावल अस्पताल निमार्ण गर्ने सर्बसम्वत निर्णय गरेपनि निमार्ण स्थलको टुंगो लाग्न नसक्दा दिन प्रतिदिन विवाद भैरहेको छ ।

वडानम्वर ५ ले सिफारीस गरेको दुबौलियामा अस्पताल बनाउने निणर्य गरेको भएपनि जग्गा तालक्षेत्र रहेकाले सो स्थानमा गाउपालिकाले नबनाउने भनि आफ्नो नियर्णवाट पछि हटेसंगै शुरु भएको विवादले अहिले चरम रुपलिएको छ । आज सांझ सोहि अस्पतालको विषयलाई लिईर गाउंपालिकामा नारावाजी गर्दै विरोध प्रर्दशन समेत भएको छ ।

एक पछि अर्काेगर्दै वडाको दुबौलिया,जीतपुर टोला र फूलवरीयाटोल मध्ये कुनै एक स्थानमा सरावल अस्पताल निमार्ण गर्नका लागि वडा नंम्वर ५ले सिफारीस गरे पनि विभिन्न वहाना गर्दै आज बडहरामा निमार्ण गर्ने भनि कार्यपालिकामा ह्ुयूपजारीगर्दै बहुमतको आधारमा जवजस्ती निर्णय गरेपछि आफु लगाएत अन्य दुई वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले विमति जारीगरी बाहिरीएको वडा नं. ५ का वडाध्यक्ष दिनेश शहानीले जानकारी गराउनु भएको छ ।

यता सो विषयका वारेमा बुझन पटक–पटक सरावल गाउंपालिकाका अध्यक्ष राधेश्याम चौधरीसंग फोन सम्पर्क गर्दा पनि यो समाचार तयारपर्दा सम्म सम्पर्क हुन भने सकेन ।