Sarawal sit lahar Notis

आफ्नै बुहारीसंग यौन सम्पर्क गर्दैगर्दा खनियापाटाका खम बहादुर रंगेहात पक्राउ ।

0 39

कृष्ण ढकाल
कालिगण्डकी,मंसीर–६
आफ्नै बुहारी पर्ने एक महिलासंग नियमित रुपमा यौन सम्पर्क गर्दै आएका एक पुरुष ३ गते सांझ रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी जिल्लाको कालिगण्डकी गाउंपालिका वडा नम्वर–६ खनीयापाटका खम बहादुर थापा रहेका छन् ।
उमेरले पाको र समाजका एक राजनितिक जिम्मेवार ब्यक्ति समेत रहेका खम बहादुर थापा गत ३ गते बुधवारका दिन सांझ करिव ८ बजेको समयमा आफ्नै बुहारी पर्ने महिलाको घरको कोठामा प्रवेशगरी
यौन सम्पर्क गर्दैगर्दा वाहिरवाट कोठामा चुक्कल लगाएर छिमेकीहरुले रंगेहात पक्राउ गरेको बताएका छन् ।

यता खम बहादुर थापाले भने आफु साथी–भाईसंग हल्का अलकोहल लिईरहेका बेला आफुलाई जबरजस्ती बुहारीसंग लगेर धुनेको बताएका छन् । उनले आफुलाई बुहारीको कोठामा लगेर थुनिदिएपनि आफुले त्यस्तो कुनै अनैतिक कार्य नगरेको गाउंले दर्पण अनलाईनसंग बताएका छन् । उनले पिडित भनीएकी महिला अर्थात बुहारीसंग एउटैघर जस्तो भएर बस्ने गरेको र खेतीपाती समेत संगसंगै मिलेर लगाउने गरेको बताउदै आफुलाई गलत प्रचारगरी फसाउन खोजेको बताएका छन् । उनले घट्नाका वारेमा विपक्षले छापचौर प्रहरी चौकीमा उजुरी दिदां मिलाउन सकिदैन भनेर जिल्ला अदालतमा जान भनेको पनि बताएकाछन् । यता पिडकका आफ्न्तहरुले भने कालिगण्डकी गाउंपालिका अध्यक्ष बेद बहादुर थापाको दवावमा प्रहरीले उजुर लिन नमानेको र बेद बहादुर थापा स्वयमले पिडक खम बहादुर थापालाई लिएर गएको आरोप लगाएका छन् ।
श्रीमान विदेशमा रहेको र छोरा बुहारी समेत रहेकी ति महिला अहिले यो समाचार तयार पर्दा सम्म आफ्नै घरमा रहेको र आफु पनि आफ्नै घरमा रहेको पिडक भनिएका खम बहादुर थापाले जानकारी गराउनु भएको छ । उहांले अहिले पिडित भनेएकी आफ्नी बुहारीको घरमा उनका आफ्न्तहरु देखि समाजका अन्य ब्यीक्तहरुको भिडभांड समेत रहेको बताएका छन् ।

कालिगण्डकी गाउंपालिका वडा नम्वर–६ खनीयापाटमा घटेको घट्नाका वारेमा वडाध्यक्ष कविराज ढकालसंग बुझदा रंगेहात पक्राउ परेका थापाको वारेमा स्थानियवासीहरुसंग छलफलमा बस्दा कुनै टुगों नलागेको बताउनु भयो ।
त्यसैगरी कालिगण्डकी गाउंपालिका अध्यक्ष बेद बहादुर थापाले आफुले सो घट्नाका वारेमा कुनै हस्तक्षेप पनि नगरेको र गाउंपालिकामा कुनै आधिकारीक जानकारी समेत नभएको बताउदै सो सम्वन्धमा आफुलाई मौखिक जानकारी आएको वास्तविक्ताका वारेमा आफु अनविज्ञ रहेको गाउंले दर्पण अनलाईनलाई जानकारी दिनु भयो ।

रंगेहात पक्राउ परेको विषयलाई लिएर प्रहरीमा जांदा गाउंपालिका अध्यक्ष बेद बहादुर थापाको दवावमा प्रहरीले उजुर लिन नमानेपछि शुक्रवार पिडितका आफ्न्ज जन तथा छिमेकिहरुले गाउंपालिका घेर्नगएको र त्यहाांवाट पनि विकल्प ननिस्केपछि आज अहिले पिडक खम बहादुर थापाकै घर भित्र हुलेदिने भन्दै तयारी भैरहेको एक स्थानियले बताएका छन्।

उता गाउंपालिका अध्यक्ष बेद बहादुर थापाले पिडक खम बहादुर थापा सहित हिजो नै कोरेङ्गमा गएर सो विषयको वास्तविकता बुझने र निकासंको बाटो के भन्ने विषयमा छलफल समेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.