Holi care school

तिन दिन लगातार बर्दघाट नगरमा कोरोना संक्रमितको मृत्यु ,नगरवासी त्रसित ।

28

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३

बर्दघाट नगरपालिका वडा नं. ४ मा कोरोना संक्रमणका कारण आज एक महिलाको मृत्यु भएको छ । होम आईसोलेसनमा रहनु भएकी ७० बर्षिय महिलाको आज विहान करिव ८ः३० बजे मृत्यु भएको मृत्कका आफ्नतजनहरुले बताएका छन् ।

उच्च रक्तचाप र मधुमेहको नियमित औषधी सेवन गर्दै आउनु भएकी ७० बर्षिय महिला विरामी भएसंगै गत शुक्रबार बुटवलको नेशनल ल्यावमा पि.सि.आर.परिक्षण गर्दा कोरोना भाईरस संक्रमण भएको रिपोट प्राप्त भएको बर्दघाट नगरपालिकाका स्वास्थ शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भयो ।

सोमवार ,मंगलवार र बुधवार लगातार बर्दघाट नगरमा एक ÷एक जनाकोरोना संक्रमितको मृत्यु भएको छ। यसरी दैनिक रुपमा बर्दघाटमा कोरोना संक्रमितहरुको मृत्यु हुनथालेपछि बर्दघाटक्षेत्रका मानिसहरुमा त्रास फैलिएको छ ।

बुधवार मृत्यु भएकी ७० वर्षीय महिलालाई नेपाली सेनाको टोली र बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले ब्यबस्थापन गरेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।

अहिले सम्म बर्दघाट नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने नवलपरासी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।