Holi care school

जेसीजको जस्तै नेतृत्व प्रणाली अपनाउनुपर्छ ः अध्यक्ष चौधरी

18

परासी, २६ कात्तिक

जेसीजको नेतृत्व प्रणाली राजनीतिमा समेत अपनाउन आवश्यक रहेको सरावल गाउंपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ । उहांले जेसीजमा जस्तै नेतृत्व हस्तान्तरणको प्रणाली कानूनमै व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो । रामग्राम जेसीजले आज आयोजना गरेको एकदिने जेसीज नलेज एण्ड प्लानिङ्ग वर्कशपलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

स्थानीय तहमा दुई पटक मात्र निर्वाचित हुन पाउने व्यवस्था रहेको बताउदै प्रदेश र संघमा त्यस किसिमको व्यवस्था नरहेको कारणले गर्दा बुढाहरुले देश चलाउने र युवाहरु बेरोजगार हुनुपर्ने अवस्था सृजना भएको बताउनु भयो ।

रामग्राम जेसीजले आयोजना गरेको एकदिने जेसीज नलेज एण्ड प्लानिङ्ग वर्कशप रामग्राम जेसीजका अध्यक्ष सन्दिप अग्रहरीको अध्यक्षता र सरावल गाउंपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, राजेश्वरी प्रावि नदवाका प्रधानाध्यापक बसन्त पराजुली, कार्यक्रम संयोजक सुनिता अग्रहरी,रामग्राम जेसीजका पर्यटन निर्देशक मोहन पौडेल लगायतले बोल्नु भएको थियो ।
बक्ताहरुले सिकेका कुरालाई व्यवहारमा उत्र्तान आग्रह गर्नुभएको थियो । जेसीजमा आवद्ध नयां सदस्यहरुको सहभागिता रहेको उक्त एकदिने जेसीज नलेज एण्ड प्लानिङ्ग वर्कशप कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्ष मेघराज गौतमले प्रशिक्षण दिनुभएको थियो ।