sunwal

बर्दघाट नगरपालिका क्षेत्रभित्र कार्तिक १६ गते देखि विद्यालय शुरुहुने।

27

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१४
बर्दघाट नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा यहि कार्तिक १६ गते देखि पठन–पाठन कार्य शुरुहुने भएको छ । आज बर्दघाट नगरपालिकाले एक सुचना प्रकाशितगरी गतअसोज २८ गते बाट स्थगन गरिएका विद्यालयमा आधारित शिक्षण सिकाई सुचारु गर्न नगरका सबै विद्यालयहरुलाई निर्देशन गरेको छ ।

कोभिड १९ को संक्रमण दैनिक बढेसंगै बालबालिकाहरु उच्च जोखिममा रहने भएकाले विद्यालयहरु बन्द गर्नु परेको र अब जोर विजोरका आधारमा विद्यार्थीहरु बोलाएर शिक्षण शिकाई कार्य शुचारु गर्न बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यद्धारा जारी सुचनामा उल्लेख गीएको छ । त्यसैगरी भौतिकदुरी कायमगरी स्वास्थ्यका सम्पुर्ण मापदण्डहरु पालना गर्न समेत निर्देशन गरीएको छ ।