sunwal

नवलपरासीमा २ लाख बढीको मोबाईल सशस्त्र प्रहरीको नियन्त्रणमा

147
सहबान अन्सारी
नवलपरासी, ७ कार्तिक
नवलपरासीमा सिमा क्षेत्रबाट २ लाख ५ हजार ८ सय मुल्य बराबरको अबैध मोबाईल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार सुस्ता गाउँपालिका वडा नं.५ नन्दनगर स्थित लुकाई छिपाई भारतबाट नेपाल तर्फ भन्सार छली अबैध रुपमा ल्याउदै गरेको २१ थान ( रियल्मी सी ११) मोबाईल सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो। उक्त सामान मानिसहरुले मोटरसाईकलमा राखी ल्याउदै गर्दा सशस्त्र प्रहरीटोलीलाई देखे पछि सामान फाली भागेका थिए
नियन्त्रणमा लिएको मोबाईल आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासीका सुचना अधिकारी रोशन घिमिरेले बताए ।