Sarawal sit lahar Notis

सुनवल ४ रमवापुरमा दुर्गा मन्दीरको शिलन्यास ।

0 53

सुनवल ,कार्तिक २

पश्चिम नवलपरासीको सुनवल ४ रमवापुरमा दुर्गा मन्दीरको शिलन्यास गरिएको छ । सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले दुर्गा मन्दिरको सिलन्यास गर्नुभएको हो । शिलन्यास गर्दे नगरप्रमुख थापाले मन्दिर निर्माणमा लाग्ने सम्पुर्ण निर्माण जन्य वस्तुहरुमा आफुले व्यक्तिगत सहयोग गर्ने बताउनुभयो । त्यस्तै दुर्गादेविको मुर्तिमा आफ्नो व्यक्तिगत सहयोग रहने स्थानिय समाजसेवि नरेन्द्र बहादुर श्रेष्ठले शिलन्यास कार्यक्रममा जानकारी गराउनुभयो । हाल विश्वकै अग्लो दामोदर स्वरुप कृण्ण मुर्ति अगाडि रहेको दुर्गा मन्दिर वुटवल नारायणगढ सडक विस्तारमा ८२ फुट भित्र पर्ने भएकाले मुर्ति देखि करिव ६० मिटर पश्चिम तर्फ दुर्गा मन्दिर निर्माण गर्न लागीएको कृष्ण धाम विकास समितिका अध्यक्ष याम प्रसाद ढकालले जाकारी दिनुभयो ।

 

 

 

शिलन्यास कार्यक्रममा सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष विर वहादुर गुरुङ, वडा सदस्य वालकृष्ण पंगेनी, गुन वहादुर थापा, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, स्थानिय समाजसेविहरु एंव धार्मिक व्यक्तित्वहरु लगाएत कृष्ण धाम विकास समितिका पदाधिकारी र स्थायिहरुको उपस्थीति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.