Jilla Ban Notis

दिब्य ज्योती माविमा चारकोठे पक्की भवनको शिलन्यास ।

0 19

बर्दघाट,कार्तिक–१
बर्दघाट नगरपालिका वडा नं.२ चिसापानीमा अवस्थीत दिब्य ज्योती माविमा आज ४ कोठे पक्की भवनको शिलन्यास गरीएको छ । भूकम्प पुनः निमार्ण प्राधिकरणको आर्थिक सहयोगमा निमार्ण गर्न लागिएको उक्त भवनको आज वडा नं. २ की वडाध्यक्ष दया दर्लामीले सिलन्यास गर्नु भएको हो ।

दिब्य ज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. २ की वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा सिलन्यास कार्यक्रम सम्पन्न् भएको थियो ।
करिव ८० लाखको लागतमा ४ कोठे पककी भवन र शौचाल निमार्ण हुने दिब्य ज्योती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकीले जानकारी दिनु भएको छ । सिलन्यास कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी,शिक्षक अभिभावक संघका पदाधिकारीहरु,स्थानिय समाज सेवी लगाएतको उपस्थिती रहेको बताईएको छ ।

 

Leave A Reply

Your email address will not be published.