sunwal

नवलपरासीमा बित्तिय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन ।

42

रामु भुसाल
बर्दघाट,असोज–२३
नेपाल सरकार र स्विस सरकारको दुर्इ पक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर द्धारा सञ्चालित सुरुक्षित आप्रावासन परियोजना सामी अन्तर्गत बर्दघाट नगरपालिका वार्ड नंं ८ मा बित्तिय साक्षरता तथा मनोसामाजिक, परामर्श कक्षा सञ्चालनमा आएको छ ा शुक्रबार बर्दघाट वार्ड नं। ८ का वार्ड अध्यक्ष कविराज आचार्य को अध्यक्षता मा उक्त कक्षा शुभारम्भ भएको हो । सो कार्यक्रममा बोल्दै अध्यक्ष आचार्य ले बैदेशिक रोजगार बाट आउने रेमिटाण्सलाई ब्यवसाय तर्फ लगाउदै आम्मनिर्भर हुन यो कक्षाले सहजता हुने बताउदै आगामी दिनमा समेत यस वार्डमा सिप मुलक तथा व्यवसायिक तालिमहरु सञ्चालन गरी वार्ड बासीलाई आत्मनिर्भर बनाउन आफु लागी परेको बताउनु भयो । साथै उहाले कक्षामा सिकेका कुराहरु ब्यबहार मा उतार्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा सामी हेल्भेटासका प्रदेश संयोजक लाल बाबु कुसहवा ले बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन बिभिन्न क्रियाकलापहरु ग्र्दै आएको बताउनु भयो । कार्यक्रममा ईन्द्रेणी समाजिक बिकास मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदी ले परियोजनाका बारेमा प्रकाश पार्दै वित्तिय साक्षरता कक्षा ले आर्थिक उन्नती गर्न सहज बनाउने हुदा कक्षामा सहभागी भई यस्को फाईदा उठाउन आग्ह गर्नु भयो । सो अवसरमा बर्दघाट वार्ड नं। ८ का जनप्रतिनिधि सामी परियोजना कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी मनो परामर्शकर्ता तारा सापकोटा ,बर्दघाट नगर रोजगार संयोजक जंग मल्ल परियोजनाका कर्मचारी लगायत ५० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन वित्तिय साक्षरता सहजकर्ता नारायण दत्त घिमिरे ले गर्नु भएको थियो । सो वित्तिय साक्षरता कक्षा बर्दघाट नगरपालिकामा यस आथिृक बर्षमा वार्ड नं। १० , ८,४ र १२ मा ४ ओटा वार्डमा सञ्चालन हुने परियोजनाका संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनु भयो ।