Jilla Ban Notis

नवलपरासीमा ९ वटा मोटसाईकल सहित ६ लाख ९० हजार मुल्य बराबरकोअबैध सामान नियन्त्रणमा ।

0 30

सहबान अन्सारी
प्रतापपुर, १२ असोज
नवलपरासीको बिभिन्न ठाँउहरुबाट ९ वटा मोटरसाईकल सहित ६ लाख ९० हजार मुल्य बराबरको अबैध हरियो मटर प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार सरावल गाँउपालिका वडा नं. ६ धनगढवामा नेपालबाट भारत तर्फ मोटरसाईकलमा राखी मटर लैजादै गरेको युपी ५६ ए ३३९२, युपी ५३ एजे ५८७०,युपी ५७ सी ०८३०,युपी ५६ वाई १९८८ र युपी ५६ के ९३२७ नम्बरको मोटरसाईकलमा ४५० केजी अन्दाजी ३६ हजारको मटर (केराउ) र ५ वटा मोटरसाईकलको अन्दाजी मुल्य २ लाख ५० हजारको रहेको प्रहरीले जनाएको छ ।
साथै सोही ठाँउबाट नेपालबाट अबैधरुपमा भारत तर्फ मटर मोटरसाईकलमा राखी लैजादै गरेको युपी ५६ सी १००९,युपी ५६ यक्स ३३८३, बा १६ प २०९४ र लु ४९ प ३०८१ नम्बरको मोटरसाईकल सहित ४५० केजी हरियो मटर (केराउ) अन्दाजी ३६ हजार मुल्य बराबरको मटर (केराउ) र ४ वटा मोटरसाईकलको मुल्य अन्दाजी ३ लाखको मोटरसाईकल सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको हो । यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. ५ धरमौलीमा नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी ६८ हजार मुल्य बराबरको मटर (केराउ) प्रहरी चौकी बसहियाले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको मोटरसाईल सहित मटर ( केराउ) आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।

Leave A Reply

Your email address will not be published.