Sarawal sit lahar Notis

देवदह नगरपालिकाद्धारा बजार अनुगमन ।

0 44

देवदह,असोज –७
लामो समयको लक डाउन खुले संगै देवदह नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । बजार क्षेत्र खुले संगै कालोबजारीलाई रोक्नको लागि नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो । हिजो अर्थात मंगलवार नगरपालिकाको  बजार अनुगमन समितिले देवदहका विभिन्न बजारको अनुगमन गरेको हो । नगरपालिका अनुगमन समितिका संयोजक विष्णु पाण्डेको नेतृत्वमा गएको टोलीले देवदह नगरपालिका–२, ६ नम्वर चोकमा अनुगमन गरेको हो । पछिल्लो समयमा बजारमा अत्यावश्यक सामाग्रीमा कालोबजारी भएको जनगुनासो पछि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको संयोजक पाण्डेले बताउनु भयो । अनुगमनको क्रममा मूल्य सूची नभएको, पसलको बोर्ड नभएको, लेवल विनाको सामाग्री विक्रि वितरण भईरहेको पाईएको संयोजक पाण्डेले बताउनु भयो ।

विगत केही दिन देखि भारतबाट नेपालमा प्याज निर्यातमा रोक लगाएपछि बजारमा प्याजमा कालोबजारी भएको पाईएको छ । देवदह नगरपालिका–२, ६ नम्वर चोकमा अनुगमनको क्रममा ६० रुपैया देखि १ सय २० रुपैया सम्म प्याज विक्रि वितरण भईरहेको पाईएको संयोजक पाण्डेले बताउनु भयो । बजार मूल्य भन्दा बढिमा विक्रि वितरण नगर्न निर्देशन दिएको संयोजक पाण्डेले बताउनु भयो । देवदह नगरपालिका अनुगमन समितिका संयोजक विष्णु पाण्डेको नेतृत्वमा गएको अनुगमन टोलीमा नगरपालिकाका अधिकृत गंगाप्रसाद पन्थी, देवदह प्रहरी चौकीका प्रमुख दिपक महत क्षेत्री, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संघका अध्यक्ष गणेशकुमार खाती, उद्योग बाणिज्य संघ देवदहका उपाध्यक्ष मिना श्रेष्ठ, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । @ रेडियो देवदहवाट

Leave A Reply

Your email address will not be published.