Bardaghat Na pa

सरावलमा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न ।

115

सरावल ,भदौ–२६
नवलपरासीको बिकास संवाद केन्द्र सरावल ५ को आयोजना तथा ए बि सि नेपाल , स्टोम फाउन्डेसन र सरावल ५ नं। वडा कार्यलयको सहयोगमा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
बिकास सवाद केन्द्रको एस एस टि समुहका अध्यक्ष राजमोहन बरईको अध्यक्षता तथा वडा नं।५ का वडा अध्यक्ष दिनेश सहानिको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हो ।सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहानिले हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम बाट बालबालिका मा एउटा राम्रो सिकाई हनुका साथै उनिहरु भित्र रहेको ज्ञान लाई प्रतिस्फुटन गर्न र अगाडि बढाउन समेत सहयोग पुगेको बताउनु भएको थियो ।
कोरोना महामारीको समयमा हजारौं बालबालिका पढाइ बाट बञ्चित भएको अवस्थामा हाजिरी जवाफ प्रतियोगिता ले बालबालिकामा केहि सिकाई हने विश्वास लिईएको अध्यक्ष राजमोहन बरईले बताउनु भएको थियो ।  कार्यक्रममा करिब १५ वटा संवाद केन्द्रका किसोर किशोरीहरुको सहभागीता रहेको थियो । जसमध्ये ज्योति सवाद केन्द्र सरावल ४ हातिबन प्रथम ,भुमिका संवाद केन्द्र सरावल ५ फुलवरिया दृतिय ,जनएकता संवाद केन्द्र सरावल ६ बडसार तृतीय र सक्षम संवाद केन्द्र सरावल ४ ललितपुर चौथो स्थान हासिल गरेको छ। प्रथम ,दृतिय ,तृतीय ,चौथो स्थान हासिल हुनेलाई स्टेशनरि समाग्री पुरस्कार दिएको थियो।
कार्यक्रममा संवाद किशोर किशोरी सञ्जालकि उपाध्यक्ष आईसा खातुनको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रममा ५ नं। वडाका वडा सदस्य किशुन गौड ,रबडि देबि हरिजन ,बिन्दा देवि राजभर , महेन्द्र जनता माध्यमिक बिदयालय का प्रधानाध्यापक हरिपाल यादव ,लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संवाद किशोर किशोरी सञ्जालका कोषाध्यक्ष सन्दिप बिकले संचालन गर्नुभएको थियो ।